‘लाइभ सुसाइड भिडिओ’फेसबुकले हटायो

7
SHARES
15
VIEWS

तुलसिपुर,असार । तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेको फेसबुकले हटाएको छ।। भिडिओ हटाउन प्रहरीले फेसबुकलाई  पत्राचार गरेको थियो।

घटनाको झन्डै ३५ घन्टापछि बल्ल शुक्रबार मध्यान्ह १२ बजेतिर उक्त भिडिओ फेसबुकले हटाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले उक्त भिडिओ हटाउनका लागि मोबाइल पसलमा पुगेर प्रयास गरे पनि त्यो सम्भव नभपछि इप्रकाबाट साइबर क्राइम ब्यूरोलाई खबर गर्नुपरेको बताएका थिए।

प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लक खोल्न नसकेपछि भिडिओ हटाउन समय लागेको हो। मृतकले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकोले मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा मोबाइल खोल्न सम्भव नभएको तथा समयमै भिडिओ हटाउन पनि नसकिएको डिएसपी सिंहले बताए।

‘मोबाइलको लक खोल्ने प्रयासहरू धेरै भए। प्रहरी बजारका सबै मोबाइल पसलहरूमा पुग्यो,’ डिएसपी सिंहले भने ‘तर कसैले पनि प्याटर्न खोल्न सकेनन्, त्यसलै गर्दा मोबाइल पनि काठमाडौंमा पठाउनु पर्दा ढिलाइ भयो।’

# himalkhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित