अनुगमनमा पालिका स्तरका योजनाहरू भरपुर सदुपयोग गरिएको पाइएको छ-जिल्ला समन्वय प्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला समन्वय समितिले वडा स्तरिय योजनाको अनुगमन गरेको छ । पहिलो पटक जिल्ला समन्वय समितिले प्राविधिक,संचारकर्मी र जिल्ला समन्वय समिति सदस्यहरु सहितको टोलीले वडा स्तर सम्म पुगेर अनुगमन गरेको छ । जिल्लाकाे पचाल झरना गाउं पालिका देखि शुरु गरिएको योजना अनुगमनका क्रममा पलाता र रास्कोका सबै वडामा अनुगमन गरेको हो।

योजना अनुगमनका समयमा भौतिक पूर्वाधार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम द्वारा निर्मित योजना देखि सडक, सिँचाइ कुलो, स्वास्थ्य संस्था लगाएतका योजना अनुगमन गरिएको बताउदै  अनुगमनमा पालिकाले श्रोत साधनको उचित सदुपयोग गरेर काममा गुणस्तर कायम गरेको समन्वय प्रमुख शाहीले बताएका छन ।

समन्वय प्रमुख शाहीले केही योजना हरुमा भौतिक पूर्वाधार तथा सम्बन्धित सरोकार राख्ने कार्यालयलाई आवश्याक सुझाव दिनु पर्ने बताउदै प्रत्येक पालिकालाई दुई दिनको समय दिएको सो समयमा सवै वडाका आन्तरिक प्रशासनिक कामको समेत अनुगमन गरेका छौं।

प्रमुख शाहीले आइतवार रास्कोटका सबै वडामा अनुगमन गरेर सोमबार सान्नित्रिवेणिमा शुरु गरिने बताउदै नरहरिनाथ गाउँपालिकामा शुक्रबार सम्म योजनाको अनुगमन सम्पन्न गर्ने बताइएको छ।

रास्कोटमा गरिएको अनुगमनमा जिल्ला समन्वयको टोलीले आवश्यक सुझाव दिएकोमा धन्यावाद दिदै नगर प्रमुख धर्मराज शाहीले अनुगमनलाई निरन्तरता दिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित