रास्कोटमा योजना अनुगमन सम्पन्न,के के योजना हेरियो विवरण सहित

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला समन्वय समिति  कालीकोटको टोलीले रास्कोटका सबै वडामा संचालित योजनाको अनुगमन सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, उपप्रमुख मिना रावत, जिल्ला समन्वयका सदस्य,संचारकर्मी सहीतको टोलिले रास्कोटका वडा नम्बर ३ वडा कार्यलयको भवन तथा शहिद पार्क, मालिका मा वि,रमाल मष्टो आधुरभुत विद्यालयको भवनको  अनुगमन गरेको छ।

अनुगमन टोलिले रास्कोट नगरपालिका वडा नम्बर ७ को  पञ्च आधारभुत विद्यालयको फिल्ड,बालुखेत सम्मको सडक,तपसिलका योजनाको अनुगमन गरेको हो ।

रास्कोट को वडा नम्बर ९ थोल्म खानेपानि योजनाका साथै रास्कोट अस्पतालको समेत अनुगमन गरिएको पत्रकार टिकाराज उपाध्यायले जानकारी दिएका छन ।

उक्त अनुगमन टोलीमा रास्कोट नगर प्रमुख धर्मराज शाही, प्रमुख प्रशासकिय अधिकृत जवान सिंह वम सहित वडा अध्यक्षको सहभागितामा रहेको बताइएका छ । अनुगमनका क्रममा योजनालाई मर्मत सम्भार कोषको व्यावस्थापन गरी विकास निर्माणलाई दिगोपना कायम गर्न जोड दिन नगर सरकार लागि पर्न समन्वय प्रमुखले सुझाव दिएको बताइएको छ ।

रास्कोट नगर प्रमुख धर्मराज शाहीले स्थलगत रुपमा योजनाको अनुगमन गरेकोमा समन्वयको टोलीलाई धन्यावाद दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित