News Portal

  • पलांति महिलाको जिवनस्तर उकास्ने काम गर्न लागि परेकी छु-पलांता उपाध्यक्ष हमाल

    रुपेन्द्र ऐडी५ अषाढ
    ५७८ पटक
    ५ अषाढ

    नेपालमा लोकतानित्रक शासन व्यवस्था स्थापना पछि समाबेशिताले स्थान पाएका छ ।संघिय व्यवस्थामा महिला,दलित तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको छ । संघिय नेपालको संविधानले दिएको अधिकारलाई लागु गर्दै पहिलो पटक भएको स्थानिय तहको निर्वाचनमा प्रत्येक स्थानिय तहमा प्रमुख वा उपप्रमुख पदमा एक जना महिला अनविार्य गरेपछि महिलाहरुको उपस्थिति सुनिश्चित भएको छ । सोही अनुसार महिलाहरुले आफुले महिला मैत्रि योजना तथा कार्यक्रममा जोड दिदै आएका छन ।नगर तथा गाउँ पालिकामा उप्रमुखखलाई अनुगमनका साथै न्यायिक समितिको समेत जिम्मेवारी तोकिदिएको छ । महिलाहरुको क्षेत्रमा मात्र नभई समग्र क्षेत्रमा उपाध्यक्षको जिम्मेवारी थपिएको छ । सोही सिलसिलामा पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमाल(जैसी) संग पलांता गाउँ पालिकामा भए गरेका कामकार्वाहीका बारेमा कर्नालि संचारका सम्पादक रुपेन्द्र ऐडीले लिएको संक्षिप्त कुराकानि :
    हजुरलाई स्वागत संगै नमस्कार ?
    मेरो पनि नमस्कार
    हजुर पलांता गाउँ पालिकाको उपाध्यक्ष भइसके पछि महिला मैत्रि कार्यक्रम के के गर्नु भयो ?
    सर्बप्रथम त शुरुवातको वर्ष उपलब्ध श्रोत र साधनलाई उचित प्रयोग गर्दै महिलाहरुको क्षमता अभिबृद्धिका लागि सिप विकास तालिम,आयआर्जनका लागि कृषि विउविजन लगाएतका कार्यक्रम अघि बढायौं। हामीलाई उचित बजेट अभाव रहेकाले सोचे अनुसारको योजना निर्माणमा अभाव हुन गयो । पहिलेको सरकारले लगाएको ऋण तिर्न गाउँ पालिकालाई हम्मे हम्मे परेकाले महिलाहरुका क्षेत्रमा गर्नु पर्ने काम गर्न सकिएको छैन । आगामि वर्ष कृषिमा आत्मनिर्भर बनाउनका लागि योजना अघि सारेका छौं । महिलाहरुका क्षेत्रमा म पनि एकल महिला भएकाले सबै महिलाका पिडालाई सम्बोधन गर्दै विभिन्न निकायका राय सल्लाह सुझावहरुलाई लिएर योजना बनाएर विभिन्न खालका कार्यक्रम अघि बढाउने तयारी गरिएको छ ।
    पलांतामा भए गरेका विकास निर्माणका कार्यक्रमहरुका बारेमा अनुगमन गर्दा बास्तविक गुणस्तर कायम भएको छ त ?
    चालु आर्थिक वर्षमा संचालनमा भएका योजनाका बारेमा स्थलगत रुपमा अनुगमन गर्दा केही ठाउँमा अभाव रहेपनि अधिकांस ठाउँमा शन्तोषजनक रुपले सम्पन्न भएका छन । म नपुगेको ठाउँमा पनि योजनाका बारेमा कर्मचारी पठाएर स्थलतगत रिर्पाेट अध्ययन गरेको छु । त्यसै गरी जिल्ला समन्वय समिति कालीकोटको टोलिले समेत अनुगमन गरेको छ ।

    विकास निर्माणमा समुदाय स्तरमा अपनत्वको अभाव रहेकाले काममा भने जस्तो नहुने गरेको पाइएको छ । आगामि वर्ष उपभोक्ता समितिलाई अभिमुखिकरण गरेर कामको शुरुवात गर्ने सोचमा आफुहरु रहेका छौं । पहिलो वर्ष समुदायको उपभोक्ता भेलाको फोटा,विवाद नभएको सर्वसहमतिका आधारमा समिति गठन देखि प्राविधिक टोलिले पटक पटक गरेको अनुगमनको प्रतिवेदनका आधारमा काम गर्ने गरेका छौं । केही हद सम्म राम्रो भएपनि ढिलो अख्तियारी आएका योजनाका बारेमा समयमै काम नहुने होकी भन्ने सोचमा रहेको छु ।

    तपाई न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ ? के कति न्याय सम्पादनमा काम अघि बढाउनु भएको छ ?
    हो म न्यायिक समितिको संयोजक हो । शुरुवातिमा न्यायिक समितिमा पहिलेको अभिलेखका बारेमा सोधखोज गर्दा एउटा रजिष्टर मात्र भेटिएकाले काम गर्नका लागि के गर्नु पर्छ भन्ने अनुभव नहुंदा आवश्यक बजेट देखि कार्यक्रम समेत तयारी हुन सकेनन । न्यायिक समितिका विभिन्न कार्यक्रमहरुका सहभागि हुंदा न्यायिक समितिको काम,कार्तव्य र अधिकारका बारेमा जानकारी भएको र सोही अनुसार वडा स्तरमा मेलमिलाप केन्द्र गठन गरेका छौं भने तोकिए अनुसार मुद्धाहरुका बारेमा छलफल गरेर समाधान गर्ने गरेका छौं भने हाम्रो अधिकार क्षेत्र बाहिरका मुद्धाहरु प्रहरी वा सम्बन्धित निकायमा पठाउने गरेका छौं ।

    आगामि वर्ष न्यायिक समितिलाई व्यवस्थित गरे कार्यक्रम तय गर्ने सोच लिएको छु । पलांतामा भौगोलिक विकटता,अशिक्षा र बेरोजगारीले थला पारेको अवस्थामा यहाँका समुदाय स्तरमा भेदभाव,छुवाछुतको समस्या कायम छ ति समस्या समाधानका लागि स्थानिय जनप्रतिनिधि देखि मेलमिलाप समितिले काम गर्दै आएको छ ।विगतको भन्दा भावि दिनमा नमुना कार्य गर्न लागि पर्ने छौं ।
    पलांताको समग्र विकासका लागि प्रदेश तथा संघिय सरकारले कस्तो सहयोग गरेको छ? 
    पलांता आफैमा पछि परेको क्षेत्र हो । भित्रि रुपमा अभावै अभावले घरेको क्षेत्र हो भने बाहिर फरक बुझाई रहने गरेको छ । विगतका कामकार्वाही भन्दा आगामि कार्यक्रमहरुका बारेमा प्रत्यक्ष जनताको जिवनमा प्रभाव पार्ने कार्यहरु अघि बढाइने छ । विगतको पहिलो सरकारले जति गरेको भएपनि अभाव रहेको हामिले पाएका छौं । अहिले हामी जनताका समस्याहरुको बारेमा गहिराइमा पुगेर आवश्यक्तालाई मध्यनजर गर्दै वडा स्तरका योजनालाई प्राथमिकतामा राखेर अघि बढेका छौं ।

    पहिलो कुरा वडा सरकार भनेको चुल्होको सरकार हो । हामीले वडाबाट आएका योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेका छौं । जनताका समस्याहरु समाधानका लागि आशा गरे अनुसारको प्रदेश तथा संघिय सरकारबाट बजेट उपलब्ध नहुने भएकाले सोचे अनुसारको काम गर्न पाएका छैनौ । अहिले पुराना योजनालाइए गुणस्तर कायम गर्नका लागि निरन्तरतामा अघि बढेका छौं ।

    यस आर्थिक वर्षमा प्राप्त बजेटलाई समुदाय स्तरबाट आएका योजनालाई कार्यसम्पन्न गर्ने सोचमा रहेका छौं । सर्बप्रथम पलांताका सबै वडामा सडकको पहुंचलाई राखेका छौं ।प्रदेश तथा संघिय सरकारले आगामि वर्षमा नमुना योजनाका लागि महत्वपूर्ण तथा गौरवको आयोजनाहरु पलांता देखि जुम्ला हुंदै रारा जोड्ने सडक,खिनको सिंचाई कुलो लगाएतका योजनामा प्राथमिकतमा राखेका छौं । त्यसका लागि माथिल्ला सरकारलाई महत्वबोध गराइने छ ।
    अन्तमा केही भन्नु छ ?
    पलांति महिलाको जिवन स्तर उकास्नका लागि विभिन्न खालका योजना बनाउन आवश्यक सल्लाह सुझावहरु दिनु हुने छ । हामीमा भएका अभावलाई हटाई समग्र महिलाहरुको हितका लागि के गर्न सकिन्छ । आर्थिक वर्ष २०८०/०८१मा महिला मुखि बजेट ल्याउन लागि परेको छु ।

    प्रतिकृया दिनुहोस्