पचालझरनामा ११ औं गाउँ सभा शुक्रबार हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाभर पछिल्लो समय विभिन्न स्थानिय तहले आगामि वर्षको बजेट ल्याउने अन्तिम प्रक्रियामा रहेका छन । यस अघि विभिन्न निकायहरु संग सुझाव संकलनलाई तिव्रता दिएका स्थानिय सरकारले संघ र प्रदेशको बजेट विनियोजन पछि अषाढ १० गते अनिवार्य रहेकोमा पचालझरना गाउँ पालिकाले आउदो शुक्रबार (अषाढ ८गते)गर्ने भएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले सुचना प्रकाशित गर्दै सबै निकायबाट सुझाव संकलन गरेर सोही आधारमा पालिकाले आगामि वर्ष २०८०।०८१को निति तथा कार्यक्रम र बजेट ल्याउन लागेको बताएका छन ।

सार्वजनिक रुपमा सुझाव संकलनका लागि गरिएको सुझाव र वडा स्तर देखि पालिकाका विभिन्न निकायहरु संगको सुझावहरुलाइै केन्द्रित गरेर बजेट ल्याउन लागिको बताउदै उचित श्रोत साधनको सदुपयोग गर्दै विकास निर्माणका योजनाहरुलाई प्राथमिकतामा राख्ने तयारीमा आफुहरु रहेको अध्यक्ष शाहीले बताए ।
पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले पालिकाबाट सिफारिस गरिएका योजना भन्दा पनि प्रदेश सरकारबाट केही स्थानमा फरक रहेकोमा आश्चर्य चकित हुंदै वडा स्तरबाट आएका योजनाहरुलाई प्राथमिकतमा आउनु पर्नेमा सो नभएको बताउदै पर्यटन प्रवद्धन तथा संरक्षणमा समेत बजेट नआएको बताइन ।

पालिकाले सबै वडाका भौतिक संरचनामा जोड दिएको भएपनि उक्त योजनाहरु समाबेश नभएको र सडकको स्तरउन्नति,शैक्षिक क्षेत्रमा भौतिक संरचनाको निरन्तरता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित