सिंहको जनयुद्धको सिप राष्टिय प्रतिभा पुरुस्कार सम्म

7
SHARES
15
VIEWS
  1. कालीकोट,असार । जनयुद्धमा सिकेको कला क्षेत्रले अहिले राष्टिय स्तरको सम्मान पाउला भन्ने त कुरा मात्र नभई कल्पना गर्न कठिन भएको अवस्थामा आज एकाएक ललित कलाबाट सम्मानित हुने खवर पाएपछि आफु निकै हर्सित भएको कलामा रमाउदै आएका भिम बहादुर सिंहले बताउनु भएको छ । लामो समयमा जनयुद्ध ताका वालिपोष्टिंग गर्ने काम गर्दै आएको भएपनि शान्ति कालमा सदरमुकाममा सिंह् आर्ट स्थापना गरी काम गर्दै आउनु भएका सिंहलाई ललितकलामा कर्नालि प्रदेशबाट सिफारिस भएर सम्मानित गरिने भएको छ ।

पछिल्लो समयमा लक डाउनमा वेरोजगारको सिकार बनेका नागरिकहरु मध्येका एक कलाकारिताको धनि व्यक्ति हुन भिम बहादुर सिंह । कालीकोटको सदरमुकाम मान्ममा आर्टिष्टको काम गर्दै आएका छन । लक डाउन अघि निकै व्यस्त हुने सिंहलाई हिजो आज साहित्यकार,नेता तथा कलाकारहरुको तस्विर बनाउन फुर्सद छैन । कोठा भित्र बसेर नेताहरुको अनुहारलाई जस्ता त्यस्तै तस्विर बनाउन थालेका छन ।

यस अघि पनि आर्टिष्टको काम गर्दै आएका सिंह अहिले पनि सो कामलाई जारी राखेका छन । जनयुद्धबाट सिकेको सिपलाई उनले व्यवहारमा उतारेर अहिले जिविको पार्जन गर्दै आएका छन । पछिल्लो समयमा प्रधानमन्त्रि केपि वलि,पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहल(प्रचण्ड),महाकवि लक्ष्मि प्रसाद देबकोटा लगाएतका हस्तलिखित तस्विर बनाउन सफल भएका छन । यस अघि लियोनार्दाेदा भिन्चि,च्वेग्भारा लगाएतका हस्तलिखित तस्विर बनाएका थिए । भिम बहादुर सिंहले वाल पेन्टिंग,होर्डिंग बोर्ड,व्यानर,साइनबोर्ड लगाएतको काम गर्दै आएका छन ।

सदरमुकाम मान्मको एक खोका भित्र हस्तलेखनको काम गर्दै आएका उनले लक डाउनमा कुनै पनि काम नभएपछि हस्तलिखित तस्विर बनाएको बताउनु भएको छ । उनले भने कति बस्ने फुर्सदको समयमा तस्विर कोरौं कि भन्ने आयो प्रयास गरेको हो । यस अघि ग्रामिण क्षेत्रका कयौं सेवाग्राहीहरुले छोरा छोरीको तस्विर बनाएको बताउने सिंहले माग अनुसारको तस्विर बनाउदै आएको बताउनु भएको छ ।
कलाकारिता क्षेत्रमा राम्रो दक्षता प्रस्तुत गरे वापत संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयबाट ललित कला विधाबाट सम्मानित भएको खवरले आफु निकै हर्सित भएको बताउदै जिवन गुजारा मात्र हैन कलाकारिताका क्षेत्रमा अरनिको बनझै लागेको छ ।

मलाई जनयुद्धले सिकाएको कलाले आज राष्टिय प्रतिभा पुरुस्कारबाट सम्मानित हुने दिन आएकोमा खुशि व्यक्त गर्दै हामी जस्ता पहुंच नभएका तर कला भएका हरुको लागि सरकारले दिएको सम्मान जिवन भरीको अविस्मरणिय रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित