कालीकोट । रास्कोट नगरपालिकाको वडा नम्बर ९ को बालुखेत मा रहेको दलित वस्तिलाई पोषण मैत्री टोल घोषणा गरिएको छ। स्वास्थ्य शाखा रास्कोटको आयोजनामा वडा नम्बर ८ र ९को सयुक्त वस्तिको रुपमा पोषण मैत्रि वडा घोषणा गरिएको बताइएको छ।
रास्कोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मनिराज बराल (स्टार ) र वडा नम्वर ९ का अध्यक्ष धन बहादुर धामीको उपस्थितिमा पोषण मैत्रि वडा घोषणा गरिएको बताइएकाे छ । उक्त कार्यक्रममा स्वाथ्य शाखाका रास्कोटका हंसराज बराल, स्वास्थ्य चौकी फुकोट का इन्चार्ज कर्ण प्रसाद वराल , नगर प्रमुख सचिवालयका गौरी दर्जि लगाएतका सरोकारवाला निकायका प्रतिनिधि र समुदायहरूको उपस्थिति रहेको थियो।
अब उक्त वडामा कुनै पनि खालको कुपोशित हुने खालका क्रियाकलाप नगर्नेमा स्थानिय र जनप्रतिनिधिले प्रतिवद्धता जनाएका छन । टोल देखि वडा हुँद नगरपालिकालाई पोषण मैत्री पालिका घोषणा गर्ने योजना रहेकाे स्वास्थ्य शाखा रास्कोटले जनाएको छ ।
Discussion about this post