Skip

News Portal

  • रास्कोटको वजेट ४९ करोड बढि,नयाँ कार्यक्रम के के छन ?

    कर्नालीसंचार संवाददाता७ अषाढ
    ६७४ पटक
    ७ अषाढ

    कालीकोट । रास्कोट नगरपालिकाले आ .व .२०८०/०८१ का लागि निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेको छ।

    रास्कोट नगर पालिकाले आज १२ औं नगर सभामा मार्फत संघ, प्रदेश र आन्तारिक राजश्व सहित ४९ करोड ९१ लाख १६ हजार ७ सय को बजेट प्रस्तुत गरेको हो । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले निति तया कार्यक्रम र नगर उपप्रमुख मनिराज बरालले वजेट प्रस्तुत गर्दै विगतका अनुभवलाई आत्म साथ गर्दै आगामी वर्ष नयाँ तरिकाले नगरको विकास गर्ने गरी वजेट ल्याइएको बताइएको छ ।

    उक्त वजेटमा स्वास्थ्य क्षेत्रमा विगतका कार्यक्रम अन्तरगत घरदैलो स्वास्थ्य सेवालाई निरन्तरता दिने ,कृषि उत्पादनलाई वृद्धि गर्दै बजारीकरणमा जोड दिने बताइएको छ ।

    निति तथा कार्यक्रममा भौतिक पूर्वाधारलाई दिर्धकालिन रुपमा अघि बढाउने देखि गुणस्तरीय सेवा दिने उल्लेख गरिएको छ।

     

    प्रतिकृया दिनुहोस्