कर्मचारीलाई कुन स्थानिय तहले गर्यो सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला भर स्थानिय तहले गाउँ तथा नगर सभा सम्पन्न गरेका छन । सोहि अवसरमा सरकारी कर्मचारीहरु उत्कृष्ट कार्यसम्पादनमा सम्मान हुने प्रचलन रहेको भएपनि अधिकांस स्थानिय तहले भने सम्मान गरेन ।जिल्लाका रास्कोट, तिलांगुफा खांडाचक्र नगरपालिका, महाबै  र नरहरिनाथ गाउँ पालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको छ । पलाता गाउँ पालिकाले वन्दशत्रमा  उत्कृष्टता हाँसिल गर्ने कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीलाई दोसल्ला ओढाउनुका साथै सम्मान तथा प्रशंसापत्र प्रदान गरेको बताइएको छ।

यस वर्ष  शुभकालिका, सान्नित्रिवेणि, पचालझरनाले भने सम्मान कार्यक्रम गरेन । पचालझरना गाउँ पालिकाले गएको वर्ष सम्मान गरेको उल्लेख गरेको छ भने अन्य पालिकाले केही प्रतिक्रिया दिएका छैनन ।

जिल्लाभर सबै भन्दा बढि नरहरिनाथ गाउँ पालिकाले विभिन्न विषयगत शाखाका कर्मचारीहरुलाई समेत सम्मान गरेको छ भने सबै भन्दा कम रास्कोट नगरपालिकाले ४ जनालाई सम्मान गरेको हो । प्रत्येक आर्थिक वर्षमा गरेको कामको बारेमा कार्यसम्पादन अनुसार कर्माचारीलाई सम्मान गर्दा उत्साह आउने भएकाले सबै स्थानिय तहले सम्मान गर्नु पर्ने जानकारहरु बताउछन ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले निति तथा कार्यक्रममा राम्रोलाई सम्मान र नराम्रोलाई दण्डित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित