कालीकोट लागु औषध ओसार पसार केन्द्र बन्दै,सरोकारवाला चिन्तित

7
SHARES
15
VIEWS

कालीकोट ।पछिल्लो समयमा कालीकोट जिल्ला लागू औषध ओसार पसारको केन्द्र बन्न थालेको छ । जिल्लामा विगत वर्षको तुलनामा यस आर्थिक वर्षमा लागु औषध ओसार पसारमा निरन्तरतामा  रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी एवंम प्रवक्ता सुबराज बमका अनुसार पछिल्लो समयमा लागु औषध सम्बन्धि घटना बृद्धि भएको बताएका छन । सुचना अधिकारी बमले कर्नालि संचारलाई बताउदै भने यस आर्थिक वर्षमा सबै भन्दा बढि ३० दशमलव जिरो ६० ग्राम लागु औषध बरामद गरिएको बताए । जिल्लामा लागु औषधका घटनामा युवा यूवतिको सहभागिता रहेको बताउदै प्रवक्ता शाहीले यस चालु आर्थिक वर्षमा ३ वटा लागु औषध सम्वन्धि मुद्दा दर्ता भएको बताएका छन ।

त्यस अन्तर्गत एक जना महिला र ५जना सहित ६ जनालाई मुद्दा प्रक्रियामा रहेको बताउदै हाल ४ जना लागु औषधमा संलग्न व्यक्ती कारागार चलान भएको र २ जना धरौटीमा छुटेको मुद्धा प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

जिल्लाका विभिन्न विद्यालय तथा सार्वजनिक ठाउँमा लागु औषध दुव्र्यसनिका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको प्रहरीको भनाई रहेको छ । तैपनि प्रहरीलाई छलेर लागु औषध ओसार पसार हुने गरेको प्रवक्ता बमको भनाई रहेको छ । गएको आर्थिक वर्ष २०७८/२०७९ मा पनि ३ जनालाई मुद्धा चलाइएको प्रहरीको भनाइ छ । यि घटनाले सरोकारवाला चिन्तित भएका छन।

सोही प्रक्रियामा आज जिल्ला स्तरिय सरोकारवालाको उपस्थितिमा लागू औषध दुरुपयोग तथा अवैध ओसार,पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मान्ममा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटको आयोजनामा जिल्ला स्थित विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थितिमा “लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता,व्यक्ति,समाज र राष्ट्रको प्रतिवद्धता” भन्ने मुलनाराका साथ लागू औषध दुरुपयोग तथा अवैध औसारपसारको कार्य नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले सर्वपक्षीय बैठक भएको हो ।

उक्त बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी वकिल, जनस्वास्थ्य अधिकृत, जनस्वास्थ्य निरीक्षक, मेडिकल अधिकृत, विभिन्न कार्यालयका कार्यालय प्रमुख, उद्योग वाणिज्य संघका प्रमुख सहित सदरमुकाम मान्ममा रहेका मेडिकल व्यवसायीहरुको समेत सहभागिता रहेको बताइएको छ ।

कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको अध्यक्षतामा भएको कार्यक्रममा पछिल्लो समय कालीकोट जिल्ला लागु औषध ओसार पसार हुने क्रम बढेकाले सबै निकायको ध्यान जान जरुरी रहेको सहभागिहरुले औल्याएका छन ।

आजको वैठकमा सरोकारवाला निकाय विच ५ वुद्धे प्रतिवद्धता गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित