पलाताले शुरु गर्‍यो वडास्तरमा सार्वजनिक सुनुवाई

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिकाले वडा स्तरिय सार्वजनिक  सुनुवाई थालेको छ । आर्थिक वर्ष २०७९/८० मा भए गरेका विकास निर्माणका काम कारवाही र सेवा प्रवाह बारे सार्वजानिक सुनुवाई गरिएको छ । पलाता वडा नम्बर १ को सैनमा सार्वजनिक सुनुवाई गरेको छ ।
पलाता  वडा नम्बर १ का वडा अध्यक्ष मनरुप न्यौपानेको अध्यक्षता तथा गाउ पालिका उपाध्यक्ष अलैपुरा हमालको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रमका गरिएको हो ।
उक्त सार्वजनिक सुनुवाइमा वडाका कामको प्रतिवेदन प्रस्तुत गर्दै वडा सचिव बालऋषि न्यौपानेले  पलाता वडा नम्बर १मा भएका विकास निर्माण तथा अन्य कामकारवाहीमा समुदायले आ आफ्ना सुझाव सल्लाह दिएका छन।
सार्वजनिक सुनुवाईमा समुदायले सुझाब पेश गर्दै सेवा प्रवाह मा आएका समस्यालाई हल गर्न साझा प्रतिवद्धता जनाएका छन।
पलाताका सबै वडामा अषाढ १९ गते सम्म सार्वजानिक सुनुवाइ सम्पन्न गर्न बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित