कालीकोट । पलाता गाऊँ पालिका अध्यक्ष विष्णु रोकायाले सम्वृद्धिका लागि सबैको रचनात्मक सल्लाह सुझाव मार्फत अघि बढ्ने बताएका छन ।
पलाता गाउँ पालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका छन। उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा समुदायको गुनासाको जवाफ दिदै अध्यक्ष रोकायाले सबैले पलाता बनाउने उद्देश्यमा अघि बढेकाले गुनासोको समाधान गर्न आफु लागि परेको बताएका छन।
पलाता गाउ पालिकामा सबै वडामा सार्वजानिक सुनुवाई गरेर जनताका समस्या समाधान मा अघि बढ्नका सवैको साथ जरुरी भएको बताइएको छ । पलाता २ र ३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । पलाता गाउ पालिका वडा नम्बर २ का अध्यक्ष भिम प्रसाद न्यौपाने र वडा नम्बर ३का अध्यक्ष वांचे विकले आ .व . २०७९ / २०८० को प्रतिवेदन प्रस्तुत गरेका थिए। ति विषयमा समुदायले गुनासा राखेका थिए।
उक्त गुनासाको वडा नम्बर २मा गाउ पालिका अध्यक्ष विष्णु रोकाया र वडा नम्बर ३ मा गाउँ पालिका उपाध्यक्ष अलपुरा हमालले जवाफ दिएको बताइएको छ ।
Discussion about this post