कालीकोट ।पलांता गाउँ पालिकामा सबैका लागि दिगो खानेपानि,सरसफाई तथा स्वच्छता आयोजना(सुस्वा) द्धारा संचालित आयोजनाको अध्यक्ष विष्णु बहादुर रोकायाले अनुगमन गरेका छन । पलांता गाउँ पालिका वडा न.२ राडुनेटा स्थित सरस्वति माध्यमिक विद्यालयमा अपांग मैत्रि नवनिर्मित सौचालयको अनुगमन गरेका हुन ।
समुदायमा खानेपानि र विद्यालयमा सरसफाई सम्बन्धि काम गर्दै आएको सुस्वा आयोजनाले पलांतामा गाउँ पालिका र फिनल्याण्ड सरकारको लगानिमा काम गर्दै आएको आयोजनाका कार्यक्रम संयोजक धिर बहादुर भण्डारीले बताएका छन ।पलाता वडा नम्बर ४मा रहेको कालिका मावि छलाहमा निर्माण हुन लागेको सौचालयको गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमालले अनुगमन गर्दै काम गुणस्तर रहेको र समयमै सम्पन्न गर्नु पर्नेमा जोड दिनु पर्नेमा सुझाव दिएकी छन ।
सुस्वाले पलांता गाउँ पालिका वडा न.६को जांफे खानेपानि आयोजना,पलांता ४को तुसारे गोठालिचौर खानेपानि आयोजना र पलांता २को थलातलसेरी गडगडे खानेपानि योजनाहरुको समेत अनुगमन गरिने बताइएको छ । उक्त आयोजना मध्ये थलातलसेरी खानेपानि बाहेक अन्य आयोजनाहरु अषाढ मसान्त सम्म सम्पन्न हुने संयोजक भण्डारीको भनाई रहेको छ । संयोजक भण्डारीका अनुसार उक्त आयोजनाको कुल लागत ५ करोड ६६ लाख सात सय ३२ रुपैया ५ पैसा रहेको बताएका छन ।
पलांता गाउँ पालिकाको खानेपानिको समस्या रहेको बस्ति जांफे,बान्जाडा,लार्फ,मिजुबाडा,बान्जाडाका लागि ठुलो राहत भएको गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले बताएका छन ।उनका अनुसार यस कार्यक्रम मार्फत पलांता बासिको वर्षाैं देखिको समस्या हल भएको बताए ।
Discussion about this post