जनताको चुला नजिकको सरकार भनेकै वडा सरकार हो – पलाता प्रवक्ता बुढा

7
SHARES
15
VIEWS

कालीकोट । पलांता सरकारका प्रवक्ता तथा वडा न.४का वडा अध्यक्ष तिलक बुढाले जनताको चुलाको सरकार भनेकै वडा सरकार भएकाले आधारभुत समस्या हल गर्न लागि पर्ने बताएका छन ।

पलांता गाउँ पालिकाको आयोजना तथा मेगा कर्नालि मिडिया प्रा.लि.को सहजिकरणमा भएको वडा न.४को सार्वजनिक सुनुवाई कार्यक्रममा समुदयाले उठाएका सवाल तथा गुनासाहरुका जवाफ दिदै वडा अध्यक्ष तिलक बुढाले सो कुरा बताएका हुन ।

आफुले एक वर्षको कार्यकालमा वडाबाट दिइने सेवाका बारेमा जानकारी दिदै भएका विकास निर्माणलाई व्यवस्थित पार्न आफु लागि परेको र समुदायको सहयोग चाहिएको बताए ।

पलांता वडा नम्बर ४का समुदायले खानेपानि,सडक तथा अन्य समस्याको बारे गुनासाहरुको समाधान गर्नु पर्ने आवाज उठेपछि वडा अध्यक्ष बुढाले यस अघि भएका कमजोरीलाई सुधार गर्दै आगामि दिनमा विकास निर्माणको जिम्मा लिने उपभोक्तालाई अभिमुखिकरण गर्ने,हरेक योजनाको सुचना बोर्ड राख्नु पर्ने देखि भुक्तानिका लागि पेश गर्ने विवरणको एक प्रति वडामा राख्नु पर्ने समेत बताएका छन ।

वडा न.४मा खाद्य डिपोको भवन निर्माणमा जोड दिने बताएका छन । पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमालले पलांताको समग्र विकासका लागि आफुले पहिलो प्राथमिकतामा वडा नम्बर ४लाई राखेको बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित