कालीकोट । पलाता गाउँ पालिकाको वडा नम्बर ७ मा सार्वजानिक सुनुवाइ सम्पन्न भएको छ ।
पलाता गा पा वडा नम्बर ७ का वडा अध्यक्ष कल बहादुर बमको अध्यक्षतामा शुरु भएको सार्वजनिक सुनुवाइमा गाउ पालिका प्रवक्ता तिलक बुढाको प्रमुख जवाफदेह वक्ता को रुपमा शुरु भएको सार्वजनिक सुनुवाइ मा वडाको आर्थिक वर्ष २०७९/२०८० को प्रतिवेदन प्रसुत गर्दै वडा सचिव होट बहादुर पुनले वडा सचिवको नेतृत्वमा विकास निर्माण का काम व्यावस्थित पार्न अनुगमन टोली वनाएर अघि वढ्ने बताए।
उक्त प्रतिवेदन माथि १४ जना सहभागिहरुले गुनासा राख्दै सडक, स्वास्थ्य संस्था र पालिका केन्द्रका बारेमा राखेका जवाफ दिदै प्रवक्ता तिलक बुढा र वडा अध्यक्ष कल बहादुर वम (उमेश) ले यहाँ को भौगोलिक विकटतालाई हल गर्न सडकको कामलाई तिव्रता दिने बताएका छन।
अध्यक्ष वमले पलाता को सबै वडाहरु मध्ये वडा नम्बर ७मा सबैभन्दा बढि बजेट प्राप्त भएकाले सही ठाउँम लगानी गरेर परिणाम निकाल्ने वताए ।
उक्त सार्वजनिक सुनुवाइ पलाता गाउँ पालिका को आयोजना र मेगा कर्नाली मिडिया प्रा लि कालीकोटको सहजिकरणमा भएको हो।
Discussion about this post