वर्षा शुरु संगै “चिन्तामा दुर्सि”बासी (तस्बिर)

7
SHARES
15
VIEWS

कालिकोट । पलाताको पालिका केन्द्र को रुपमा  रहेको दुर्सि अहिले वगरको रुपमा परिणत भएको छ। गत असोज १९ गते देखी परेको अविरल वर्षा संगै वाढी पहिरोले हेर्दा हेर्दै दुर्सिमा घर वस्ति उठिवास भए संगै यस वर्षको वर्षा शुरुवात संगै रातभर जाग्राम बस्नु परेकोमा चिन्तित भएका छन् ।

पलाता गाउ पालिकाको वडा नम्बर ७ को वडा कार्यालय रहेको दुर्सिमा रहेको वडा कार्यालयको भवन र सम्पूर्ण सामान सहित ४ वटा घर बगाएको स्मरण ताजै छ ।
अहिले सम्म सो वस्तिमा नत तटबन्धन छ न त उचित व्यावस्थापन नै भएको छ । दुर्सिमा लामो समय घरबास  वस्ति बस्दै आएकी रामसिता वमले आफ्नो एक घर सहित पसल बगाएर लिए पछि सामान्य कटेरोमा बस्दै आएको बताइन । उनले आफ्नो सुन सहित नगद समेत बाढीले बगाएर लियो तर हामीले कम्मल चामल मात्र राहत पायौं ।
रामसिता बमले  दुखका सुस्केरा हाल्दै भनिन ” तिन पुस्ता अघि देखि दुर्सिमा बस्दै आएको र अहिले कटेरोमा वास बस्नु परेको छ ।” बाढी पहिरोले गएको बर्ष दुगल वम, रखम  खांड , विष्णु जैसी,दन्त बम , विक्रम वम , करण विष्ट , विरेन्द्र वम, सुविस्ता बम सहितका घर बगाएको स्थानिय सर्जन रोकायाले बताए ।
त्यसै गरी स्थानिय मनपुरा वमले ११ घरधुरीले अहिले जोखिम मोलेर रात विताउनु परेकाले कहिले घर बन्ने हुन आफु ढुक्क नभएको बताए।
पलाता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले गाउँ पालिका भित्रका आंशिक र पूर्ण क्षेति भएका घरहरुको विवरण जिल्ला विपद व्यावस्थापनमा अघि बढाइएको र उक्त कोषबाट आउने रकम मा स्थानिय सरकारले ५० प्रतिशत थप गर्नुपर्ने  भएकाले जिल्ला प्रशासन कार्यालय अन्तरगतको दैवि प्रकोप उद्धार समिति मार्फत आएपछि घर निर्माण हुने बताएका छन ।
त्यसै गरी बाढी पहिरो बाट  वडा नम्बर ७ मा आंसिक ६५ र पूर्ण ८२ घरधुरी रहेको  र एक आपसमा विवाद हुंदा ढिलो भएको बताउदै वडा अध्यक्ष कल बहादुर बमले बताए । उनले भने यस वडामा वाढी पहिरोले दुलो क्षेति पुगेकाले यसको व्यावस्थापन का लागि स्थानीय सरकार लागी परेको बताउदै दुर्सि खोला जलविधुत बाढीले क्षति गराएकाले अहिले २ करोड रकम आएको र जलविद्युत आयोजना संचालन मा आउने दाबि गरे ।

पलाता गाउँ पालिकामा जिल्लाको सबै भन्दा बढि बाढी पहिरो बाट क्षेति  भएपछि गृह मन्त्रालय अन्तरगत दैवि प्रकोप उद्धार समिती ,  किर्डाक नेपाल रेडक्रस नेपाल का साथै स्थानिय सरकारले राहत सामाग्री वितरण गरेको पलाता गाउँ पालिका प्रवक्ता तिलक बुढाले जानकारी दिएका छन।

बाढी पिडित रामसिता वम / पलाता ७ दुर्सि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित