कालीकोट । पलाता प्रवक्ता तिलक बुढाले पलाता गाउँ पालिका केद्र रानीविसौना कार्य पालिका तथा गाउँ सभाबाट विवाद रहित सर्वसम्मत निर्णय भएको बताएका छन।
पलाता गाउँ पालिका को वडा नम्बर ७ लोडेमा चर्चाको विषय भइ अस्थायी रुपमा अघिल्लो सरकारले प्रशासनिक काम समेत गरेको भएपनि उक्त स्थानमा जोखिम भएको भन्दै लोडे आसपासमा रहेको रानी विसौना अस्थायी टहरा निर्माण को काम अघि बढेको छ । उक्त भवन निर्माण संगै प्रहरी र बैक समेतको भौतिक संरचना व्यावस्थापन गरिने प्रवक्ता बुढाले बताए ।
पलाता गाउँ पालिका वडा नम्बर ७ को सार्वजनिक सुनुवाइमा स्थानियले राखेका गुनासोलाई जवाफ दिदै प्रवक्ता बुढाले रानी विसौना ५०/ १०० वर्षका लागि दिर्घकालिन हुने भएकाले पाएक पर्ने भन्दा पानी फराकिलो र जोखिम मुक्त रहेको बताए ।
प्रवक्ता वुढाले भने अहिले सबैले दोष गाउँ पालिका अध्यक्ष विष्णु रोकायालाई दिने गरेको भएपनी कसैले टाउको फुत्काएर अरुलाई भन्नु भन्दा पनि असहमति कोही कार्य पालिका सदस्यको नरहेको बताए।
पलाता गाउँ पालिका उपाध्यक्ष अलैपूरा हमालले उक्त केन्द्रका लागि असहमति जाहेर गरेको भएपनि सहमतिमा आइसकेको प्रवक्ता वुढाको भनाइ छ ।
पलाता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले पलाता गा पा मा रहेका जम्मा दुई हजार ६ सय ८३ घरधुरीलाई घडेरी समेत वितरण हुने जमिन रहेको बताउदै दिर्घकालिन संरचनाका लागि रानी विसौना पालीका केन्द्र छनोट गरिएको बताएका छन ।
Discussion about this post