कालीकोट । जिल्लाकै दोस्रो स्थानमा गाउँ सभा गर्न सफल भएको पचालझरना गाउँ पालिकाको ११ औ गाउँ सभाले गरेको निर्णयहरु पारित गरेको छ।
आज अषाढ १६ गते बसेको ११ गाऊँ सभा पछि दोस्रो बैठकमा विस्तृत बजेट विभाजन सहितको निर्णयहरु सर्वसम्मत पारित गरिएको गाउँ पालिका प्रवक्ता प्रभुजन संज्यालले जानकारी दिएका छन। उनका अनुसार निर्णय पारीत संगै बजेटको सिलिङ वडा स्तरमा पठाइने भएको हो।
पचालझरना गाउ पालिकाले अषाढ ८ गते गाउँ सभा गरेको थियो । उक्त गाउँ सभाले पास गरेको निति तथा कार्यक्रम र एकीकृत वजेटलाई पूर्ण रुप दिएको प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर वि.क ले बताए। अब साउन महिना देखि काम कार्वाही शुरु गर्न सहज भएको बताइएको छ ।
उक्त बैठकमा गाउँ पालिका अध्यक्ष देवराज शाही , उपाध्यक्ष अल्किना बमको उपस्थिति रहेको बताइएको छ । यस वर्ष पहिलो चरणमा गाउँ तथा नगर सभा गर्नेमा रास्कोट र दोस्रो चरणमा पचाल झरना रहेको थियो भने अन्य स्थानिय तहले अषाढ १० गते निति तथा कार्यक्रम र वजेट ल्याएका हुन ।
Discussion about this post