कालीकोट । पलाता वडा नम्बर ७का वडा अध्यक्ष कल वहादुर वमले वडाको विकासका लागि सबैको साथ रहेको बताएका छन। पलाता ७ को सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्दै वडा अध्यक्ष वमले अहिले वडामा सबै भन्दा वजेट आउनुमा वडा सरकार तथा पालिका सरकारको पहलका साथै वडामा रहेका राजनैतिक दलहर नेपाली कांग्रेस , एमाले , माओवादी , राप्रपा तथा एकिकृत समाजवादी पार्टीका नेताहरुले गरेको प्रयास भएको बताए ।
अहिले चालु आर्थिक वर्षको संघ र प्रदेशका साथै पालिका को कूल बजेट २ करोड १२ रहेको वताउदै वडा अध्यक्ष वमले आगामी वर्ष १०८० / २०८१ का लागि वडा नम्बर ७ मा संघ , प्रदेश र पालिका को गरेर ६ करोड २३ लाख ५० हजार प्राप्त हुने र उक्त रकम सडक निर्माण, सिचाइ र शैक्षिक सुधारम प्राथमिकता मा राखिएको छ ।
पालिका को सबै भन्दा बढि विकट र गएको वर्ष वाढीले क्षेतिग्रस्त भएको क्षेत्र भएकाले यहाँका समुदायमा आएको वजेट सहि ठॉउमा लगानी भइ वडा समृद्ध बनाउन ठुलो टेवा मिल्ने र जनताको साथ निरन्तर रहने वडा सचिव होट बहादुर पुनले बताए ।
Discussion about this post