डाक्टर रत्नविरको कमाण्डमा डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

7
SHARES
15
VIEWS

कालीकोट । डोल्पा जिल्ला ७२ औ स्थानमा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।

दुइ नगर पालिका र ६ गाउँ पालिका रहेको डोल्पा जिल्लामा पूर्ण खोपका आवश्याक मापदण्ड पूरा भए संगै पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय डोल्पाका स्वास्थ्य सेवा व्यावस्थापक डाक्टर रत्नविर सुनारले बताए ।

डाक्टर सुनारका अनुसार कालीकोटबाट सरुवा भइसके पछि ६ वटा स्थानिय तहलाइ पूर्ण खोप सुनिश्चतता घोषणा गरेर जिल्लालाई शनिवार पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

उक्त कार्यक्रमका लागि कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रतिनिधि लक्ष्मीप्रसाद भट्टराईले पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र जिल्ला समन्वय समितिका प्रमुख एवम जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथाकार्यक्रमका सभाध्यक्ष श्यामबहादुर रोकायलाई हस्तान्तरण गरिएको बताइएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुमिश्वचर पोख्रेल, जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बुढा, स्थानीय तहका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतका सरोकारवालाहरु को उपस्थिति रहेके स्वास्थ्य कार्यालय डोल्पाले   जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित