थिर्पु बजारको फोहोर व्यवस्थापन नगर्नेलाई सरकारी सेवाबाट बञ्चित गरिने वडा अध्यक्ष बमको घोषणा

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिका वडा नम्बर ९का अध्यक्ष तथा पलांता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बमले पलांता गाउँ पालिकाको थिर्पुमा रहेको बाख्रे बजारमा अस्तव्यस्ता फोहोर बढ्न थालेकोमा स्थानिय बासिले चिन्ता व्यक्त गर्दै व्यापक गुनासो आउन थाले पछि वडा अध्यक्ष बमले सबैलाई डस्विनको व्यवस्थापन गर्ने र उचित स्थानमा फोहोर व्यवस्थापन गर्ने यदि सो नभएमा सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने बताएका छन ।

पलांता गाउँ पालिकाको वडा नम्बर ९मा आज गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय नरेन्द्र बहादुर बमले पछिल्लो समयमा व्यापक मात्रामा प्लाष्टिकको प्रयोग हुन थालेकोमा चिन्ता व्यक्त गर्दै सो कुरा उठाए पछि अध्यक्ष बमले जथाभावि फोहोर नगर्न आग्रह गरेका छन ।

सो सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमाल,गाउँ पालिका प्रवक्ता तिलक बुढाले पलांता सरोकार राख्ने विषयका बारेमा पलांता समृद्धका लागि आफ्नो तर्फबाट लागि पर्ने प्रतिवद्धता जाहेर गरेका छन ।

पलांता गाउँ पालिकामा वडा नम्बर १ देखि ९ सम्म गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा पलांताका जल्दाबल्दा समस्याहरुको बारेमा समुदायले गुनासा गरेका छन । ति गुनासाहरुको समाधानका लागि आफु लागि पर्ने पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमालले बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित