जिल्लामा पहिलो पटक ठेटुवा बुन्दै

7
SHARES
15
VIEWS

कालीकोट ।जिल्लामा पहिलो पटक पुख्र्यौलि पेशा ठेटुवा उत्पादन शुरु गरिएको छ । कुनै बेला यहाँका समुदायले मुख्य पेशाका रुपमा अंगालेका ठेटुवा जिल्लामा पुन सुचारु गरिएको छ ।

पलांता गाउँ पालिका सरकारले वडा न.१ पुलाहाँमा ठेटुवा उत्पादनका लागि तालिम संचालन गरेको छ । पुलाहाँको सैनमा रहेको वडा कार्यालयमा तान(चानन) सहितको व्यवस्थापन गरेर ठेटुवा बुनाई शुरु गरिएको छ । पलांता गाउँ पालिकाको लघु उद्यम कार्यक्रम(मेडेप)द्धारा ठेटुवा उत्पादनको काम शुरु गरिएको सहजकर्ता इलम महताराले बताए । उनका अनुसार ठेटुवाका कपडा उत्पादन गर्ने उद्देश्यका साथ वडा नम्बर १मा प्रशिक्षकको उपस्थितिमा तालिम शुरु गरिएको बताए ।

जुम्लामा ३४ वर्ष देखि ठेटुवाका कपडा उत्पादन गर्दै आएका जुम्ला जिल्ला सिजा गाउँ पालिका ४ गोठी बारे निवासि धनपति बुढालाई प्रशिक्षक बोलाई ठेटुवाकाृ कपडा उत्पादन शुरु गर्न लागिएको बताइएको छ ।

पलांता गाउँ पालिका वडा न.१का वडा अध्यक्ष मनरुप न्यौपानेले पलांता सरकारको पहिलो वर्षमा नमुना कार्यका लागि ठेटुवा बुनाई शुरु गरिएको बताए । उनले भने पुख्र्याैलि पेशा प्रतिको मोहलाई अघि बढाउन र ठेटुवाबाट स्वस्थ्यलाई हुने फाइदाका बारेमा बुढापाकाले मन पराउने गरेको बताए ।
बाल्यकालमा कपास खेति गरेर ठेटुवा उत्पादन गर्दाको स्मरण गर्दै ६६ वर्षिय मनसुर बरढाले आफुले लामो समय देखि ठेटुवा लगाउने चाहाना भएपनि अहिलेको जमानामा पुलिष्टर लगाएतका कपडा लगाउनु परेको बताए ।

आफु लगाउने अन्य कपडा भन्दा ठेटुवा पथि(स्वस्थकर) हुने बुढाको भनाई रहेको छ । पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा जैसी हमालले ठेटुवा बुनाईमा महिला सहभागिता बढाएको र आत्मर्निभर हुनेमा विश्वस्त भएको बताइन ।

यस तालिमबाट ठेटुवाको कपडा उत्पादन गर्न महिला सक्षम हुने उपाध्यक्ष हमालको भनाई रहेको छ ।
पलांता गाउँ पालिकाका अध्यक्ष विष्णु बहादुर रोकायाले पुर्खाको पुख्र्याैलि पेशालाई भोलिका सन्ततिलाई पनि सन्देश प्रवाह र उत्पादन गरिएको ठेटुवाको उपयोग गर्ने सोचका साथ ठेटुवाका कपडा उत्पादन गर्न लागिएको बताए ।

अध्यक्ष रोकायाले ठेटुवा मात्र उत्पादन गरेर सरकारी बजेट खेर फाल्ने नभई उत्पादित कपडाको बाह्य क्षेत्रमा बजारीकरण तथा निरन्तर जारी राख्ने र रोजगारी सृजना गर्न लागिएको बताएका छन । अहिले बाहिरबाट ठेटुवाको धागो ल्याएर कपडा बुन्न शुरु गरेको भएपनि आगामि दिनमा कपास खेति गरेर भएपनि ठेटुवाको कपडा उत्पादन गर्ने कार्य जारी राख्ने अध्यक्ष रोकायाको भनाई रहेको छ ।

प्रशिक्षकको रुपमा कालीकोटको पुलाहा आएका जुम्लाका धनपति बुढाले आफुले २०४५ साल देखि ठेटुवाको कपडा उत्पादन गर्दै आएको र अहिले पनि ठेटुवामा आधुनिक रंगरोगनका लागि आग्रह तथा माग बढ्न थालेको बताएका छन ।

ठेटुवाको कपडा अत्यधिक मात्रामा माग बढ्ने गरेको बुढाको भनाई रहेको छ । उनले भने ठेटुवाको कपडा मगर जातिमा बढि लगाउने गरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित