कालिकोट । पचालझरनाले ८४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षमा कूल बजेटको चालु तर्फ ३२ करोड ८५ लाख ३४ हजार अर्थात ८६ दशमलव २३ र पूंजिगत तर्फ ७ करोड ५३ लाख ३८ हजार अर्थात ७७ दशमलव १५ प्रतिशत खर्च गरेको बताइएको छ ।
पचाल झरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकका अनुसार कुल ४० करोड ५० लाख ७२ हजार आठ सय १६ रुपैया अर्थात ८४ दशमलव ३५ प्रतिशत खर्च भएको छ भने १५ दशमलव ६५ प्रतिशत रकम फिर्ता गएको वताए ।
Discussion about this post