कालीकोटमा वृहत देउडा दिवस मनाइदै,को को आउदैछन कलाकार ?

7
SHARES
15
VIEWS

कालीकोट । पहिलो पटक देउडा प्रतियोगिता हुन लागेको छ । जिल्ला सदरमुकाम मान्ममा देउडा दिवसको अवसर पारेर साउन १ गते देउडा प्रतियोगिता सहित दिवस मनाउन लागिएको हो । कर्नाली प्रदेश सरकारले  प्रदेशभर देउडा दिवसको अवसरमा विदा दिदै आएको छ ।

कर्नाली प्रदेश देउडा प्रतिष्ठानको आयोजना  र सबै स्थानीय तहहरुको सह आयोजनामा हुने देउडा दिवसमा चर्चित देउडा पारखीहरुको उपस्थिति हुने बताइएको छ।

साउन १ गते मनाइने उक्त देउडा दिवस तथा प्रतियोगिताको कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका साथै प्रदेश सरकारका मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख जिल्ला स्थित राजनैतिक दल र स्थानीय तहका प्रमुखहरुको विशेष उपस्थिति रहने जनाइएको छ ।

त्यस्तै गरी उक्त कार्यक्रममा राष्ट्रिय भूमि आयोग कालीकोटका अध्यक्ष चित्र सिंह गाउले, प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी लागाएत सरोकारवाला व्यक्तित्वहरुको  समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

सो देउडा प्रतियोगितामा देउडा सम्राट नेत्रराज शाही “मौसम “, पुष्पराज आचार्य,जयबहादुर थापा,मनलाल ऐडी(रणदिप), भानुप्रभात पाण्डे,सुनसरा शाही,पश्चिमा वम,विपना भण्डारी,विपना सिंह लगायतका चर्चित देउडा खेलाडीहरुको विषयवस्तुमा आधारित रोचक देउडा खेल प्रदर्शन हुने बताइएको छ ।

त्यसका साथै कालीकोटका सबै पालिकाका अग्रज देउडा खेलाडीहरुका विशेष देउडा खेल रहने छ भने यसैगरी स्थानिय लोक देउडा गायकहरु कृष्णराज धमला,पाण्डव विष्ट,बिजयराज सेजुवाल,धर्मराज ताम्राकार,जर्मा सिंह,प्रेरणा विश्वकर्माका लोक देउडा प्रस्तुती रहने आयोजकले जनाएक‍ो छ ।

देउडा प्रतियोगितामा वाल विवाह तथा सामाजिक कार्यमा केन्द्रित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित