रास्कोटको वजेट ८२ प्रतिशत खर्च

7
SHARES
15
VIEWS

कालीकोट। रास्कोट नगर पालिकाको चालु आर्थिक वर्षमा कुल बजेटको ८२ प्रतिशत खर्च गरेको छ । कूल वजेट रकम रु. ५९ करोड २० लाख ३४ हजार ३६० मा ४९ करोड १२ हजार सात सय ५१ रुपैयाँ खर्च भएको रास्कोट नगर पालिकाले जनाएको छ।

रास्कोट नगर पालिका को चालू तर्फ रु.३५करोड ६४ लाख ५६ हजार नौ सय ८५ र पूँजीगत तर्फ रु.२३ करोड ५५ लाख ७७ हजार ३ सय ७५ मध्ये निकासाका लागी प्राप्त भएको चालूतर्फ रु. ३१ करोड ०८ लाख ९६ हजार आठ सय ६ अर्थात ८७ दशमलव २२ प्रतिशत खर्च भएको जनाइएको छ।

त्यसै गरी पुँजीगत तर्फ रु. १७ करोड ९१ लाख १५ हजार नौ सय ४५ अर्थात ७६ दशमलव तिन प्रतिशत गरी कूल रकमको ४९ करोड १२ हजार ७ सात सय ५१ अर्थात कुल बजेटको ८२ दशमलव ७६ प्रतिशत खर्च भएको रास्कोट नगर पालिका प्रमुख प्रशासकिय अधिकृत जवान सिंह बमले जानकारी दिएका छन।

रास्कोटमा विकास निर्माण तथा योजनाको रकम फिर्ता नगएको बताउदै प्रमुख प्रशासकिय अधिकृत वमले भ्रमण, खाजा खर्च तथा संचारको रकम फिर्ता गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित