शिक्षक सरुवा विरुद्धको रिट खारेज

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा न्यायलयले साथ दिएको छ। स्थानिय सरकारले कार्यविधि बनाएर काम कार्वाही गर्न थाले पछि असन्तुष्ट पक्षले न्यायलय धाउनु पर्ने बाध्यता हटेको छ । रास्कोट नगर पालिकाले शुरु गर्न खोजेको दुइवटा काममा न्यायलयले समेत साथ दिएको छ ।

गएको वर्ष शुरु गरेको नगर प्रहरी भर्ना र शिक्षक सरुवामा उच्च अदालत सुर्खेत,जुम्ला इजलासले दुबै मुद्धामा नगर सरकारलाई साथ दिएको हो। गएको वर्ष नगर प्रहरी भर्नामा नगर सरकारको पक्षमा फैसला भएपछि कालीकोट जिल्लाका पहिलो स्थानिय तह मध्ये रास्कोट नगरलाइ प्रहरी भर्नाको बाटो खुलेको थियो।

त्यसै गरी रास्कोट नगरले शिक्षा ऐन तथा कार्य विधि बनाएर कार्यन्वयन ल्याउदा पहिलो चरणमा शिक्षक सुरुवा गरेको प्रति असन्तुष्ट शिक्षकहरु ले गएको जेठ १ गते उच्च अदालत सुर्खेत,जुम्ला मा मुद्धा दायर गरिएको थियो । उक्त मुद्दामा अषाढ २७ गते मुद्दा को रिट खारेज गरेको छ। सो समयमा रास्कोट नगरका अधिकांस शिक्षकहरु सरुवा भएको स्थानमा गएपनि केही शिक्षकहरुले आनाकानी गरेका थिए।

रास्कोट नगर पालिकाले शुरु गरेको शैक्षिक क्रान्तीमा न्यायलयको साथ पुगेकोमा उच्च अदालत जुम्ला इजलासलाई धन्यवाद दिदै रास्कोट नगर प्रमुख धर्मराज शाहीले रास्कोटको हितका लागि सबै सरोकारवालाको साथ रहने बताए।

हामी बनाउछौ हाम्रो नगर नारा दिएको रास्कोटले मेयर हेल्थ कार्यक्रम , मिनि मार्केट लगाएतका काम गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित