कालीकोट । जिल्ला सदरमुकाम मान्म देउडा दिवसको अवसरमा देउडा प्रतियोगित शुरु भएको छ । कर्नाली प्रदेशमा देउडा दिवस तथा साउने संक्रान्तीको अवसरमा देउडा पारखीको उपस्थितिमा खेल सुरु भएको हो ।
प्रदेश सरकारले साउन १ गते देउडा दिवस तथा साउने संक्रान्तीको बिदा दिने भएपछि कालीकोट जिल्लामा पहिलो पटक देउडा प्रतियोगिताको आयोजना शुरुवात गरिएको हो।
कर्नालीका परम्परागत रुपमा रहेको संस्कृति जर्गेना गर्न “हाम्रो अभियान,उत्कृष्ट देउडा सर्जकलाई सम्मान ” भन्ने मुल नाराको साथ कर्नाली देउडा प्रतिष्ठान सुर्खेतको आयोजनामा देउडा खेल गरेको आयोजक ले जानकारी दिइएको छ ।
कर्नाली मा रहेको कला, साहित्य र संस्कृतिको संरक्षण तथा भेषभुषा को जगेर्ना गर्नु सबैको दायित्व रहेकोमा देउडा खेलको आयोजना गरिएको साहित्यकार कृष्ण राज धमालाले बताए ।
कालीकोटमा शुरु भएको देउडा प्रतियोगितामा कर्नाली प्रदेशका विभिन्न जिल्लाका देउडा पारखी विच घम्साघम्सी दोहोरी हुने आयोजकले जनाएको छ । देउडा खेल साउन १ र २ गते सम्म संचालन हुने बताइएको छ ।
उक्त कार्यक्रमको प्रदेश सांसद हिक्मत विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
Discussion about this post