कनार्लिका सबै भन्दा बढि गित गाउने कलाकारलाइ कहिले कस्ले सम्झिने ?

7
SHARES
15
VIEWS

कला क्षेत्रमा निकै रूचि भएका कलाकार भित्र पर्दछन । लालुका मेहन्द्र शाही रास्काेटी । उनले विभिन्न क्षेत्रमा कर्नालि तथा सुदुरका गित गाएर चर्चामा रहेका कलाकार हुन । तर उनले गुनासाे गर्दै कहिले काँही  गृहजिल्लाले विर्सिएकाे हाेकी भान हुने गरेका बताएका छन । उनले अाफ्नाे बारेमा बेिल विस्तार गर्दै भनेका छन ।

पृष्ठभुमि : कलाकारीताको क्षेत्र मनोरञ्जन मात्र दिनै हैन कि संस्कृतिको जगेर्ना र संरक्षणको दायित्व पनि हुने गर्दछ । मान सम्मान आफ्नो ठाउँमा छ तर समाज र अगुवाहरुले कला संस्कृतिको संरक्ष्णको अभियानमा लागि परेका स्रष्टाहरुलाई उचित स्थान दिनु आजको आवश्यक्ता हो ।

मैले अहिले सम्म लगातार कलाकारिता क्षेत्रमा लागेको १० वर्ष भयो कति गित गाय एकिन मलाई पनि छैन तर कर्नालिका हरेक गाउँ ठाउँ देखि जिल्ला सम्मका गित गाएको छु । मैले ठाडिभाका,देउडा,दोहोरी,झोडा मागल,चुटकिला लगाएतका गित गाएको छु ।विभिन्न आपत विपतका घटना होस या सम्बृद्धिका लागि वडा देखि गाँउ पालिका सम्मका गित गाएको छु । तर पनि कला क्षेत्रमा भएकै कारण गएको स्थानिय तह तथा प्रदेश र संघिय चुनाबको गित ३५ वटा गित रेकर्डिङ गरेको थिए ।


आजकाल कलाकारको भावनालाई नबुझि केही मान्छेहरु रिस तथा द्धेषपूर्ण भावनाका कारण पूर्वाग्राही बनेका छन ।पूर्वाग्राही भएर काम छैन म मेरो कामले देखाउने हो । म प्रति पूर्वाग्राही हुनेलाई मेरो अगाडि गित संगितको काम गरेर देखाउन चुनौति दिन चाहान्छु ।


म पहिलो कुरा कलाकार हो,सानै देखि देउडा क्षेत्रमा रुचि र बिजि छु ।अहिले सम्म सबै जिल्ला कालिकोट,बाजुरा,मुगु,हुम्ला,जुम्ला कैलाली,सुर्खेत लगाएत जिल्लाका विभिन्न कार्यक्रम तथा दल विशेष गित गाएको छु । सबै पार्टीले मलाई माया गर्नु हुन्छ । कालिकोट जिल्ला लालु ९,ब्युराकोटमा जन्मघर महेन्द्र शाही(रास्कोटी) हुं । मेरो बाल्यकाल देखि कला संस्कृतिमा भएपनि युद्धकालमा लडाकु हुने अवसर मिल्यो तर कलाकार बन्न सकिएन ।

कलाक्षेत्रमा प्रवेश :
शान्तिकाल पछि मुम्बैमा गोरेगाउ स्थित बेष्टन भारत कलाकेन्दबाट गायन सङ्गितको एक वर्ष प्रशिक्षण लिने अवसर मिल्यो त्यस पछि म नेपालल आइडल मुम्बैको देउडामा प्रथम भएको थिउ । नेपाल आइसकेपछि आस्थाकला केन्द चक्रपथमा एक वर्ष थप गित गायन सङ्गीत सिकेको हो ।पहिलो एल्बम आफ्नै जिवन साथिका नाम आशा एल्बम निकाले समुदायको अथाह माया पाइसके पछि मलाई थप जोस जांगर आयो ।

जुन गित २०७० सालको चुनाबको माहोलमा रेकर्डिङ गरे गाउँमा नेताको चुनाबि चहलपहल मा मेरो गितले स्थान पाएको थियो ।मेरा अन्य गितहरु आउन पाइन घर दशैं विशेष गित हो ।आशा नामकाे गित भाइबैनिको दुख पीडा समेटियको उक्त एल्बम पछि लगातार मैना चडि भेटन आउनु जितेगडा,राराताल घुम्न जाउ,जुम्ला बजार,म हुम्लाको हुम्लि,ताल्चा एयारपोट विमान आउने,स्याप्प काट्यो सालिम,खोलि गोगन लगायत गित गाएको छु । बिचमा आफ्नै पारिबारिक कारणले एक दुई वर्ष यो क्षेत्रबाट टाढा भयको आफुलाई दुख लागेकाे छ ।


आफ्नै पालिकामा मलाई हरेक बेला नाम बेचिदिने मेला पर्बमा तर बोलाउन गाह्मे मान्ने गरेको प्रति मनमा चिसो पसेरआउछ । हिजो महेन्द्र शाही रास्कोटीका गितले बजार पाउने अनि गित प्रति माया ममता हुने तर सम्झिन कठिन मान्ने प्रति मेरो भन्नु केही छैन ।


पुन मनै देखि लागे हरेक ठाउँबाट माया ममताले गाउघरको पुरानो संस्कृतिलाई समेटी बुढापाखाले बुझ्ने गित गाउन मनपर्छ त्यसैले मलाई सबैले रुचाएको महसुस हुन्छ । पछिल्लो समयमा बरु बनेइ बाज नबनेइ,कुखुरि चल्ला, बोलको महावै गाउपालिकाको गितले छुटै तरङ्ग फैलायो । जसले मध्य तथा सुदुरको सबैभन्दा बढी रुचाइएको हुडकेउलि गित हो ।

आफ्नालाइ गुनासाे :

अहिले सबैले गाउँ पालिकाका गित यसै गितको सिको गरेका छन ।पहिला हुडकेउलि भाका कालिकोटमा घृणाका रुपमा हेरिन्थ्यो मैले गाउँदा अहिले जम्मै हुडकेउलि भाका मात्र मन पराउनेहरुके जमात बढेको छ । ५०।६० भन्दा बढि हुडकेउलि भाकामा गित गाएको छु । कालिकोटमा कुनै बेला मेरो गित नबजाई स्थानिय रेडियोहरु खुल्दैन थे ।

आजकाल कलाकारको भावनालाई नबुझि केही मान्छेहरु रिस तथा द्धेषपूर्ण भावनाका कारण पूर्वाग्राही बनेका छन ।पूर्वाग्राही भएर काम छैन म मेरो कामले देखाउने हो । म प्रति पूर्वाग्राही हुनेलाई मेरो अगाडि गित संगितको काम गरेर देखाउन चुनौति दिन चाहान्छु । आफनै पालिकामा मलाई हरेक बेला नाम बेचिदिने मेला पर्बमा तर बोलाउन गाहे मान्ने गरेको प्रति मनमा चिसो पसेरआउछ । हिजो महेन्द्र शाही रास्कोटीका गितले बजार पाउने अनि गित प्रति माया ममता हुने तर सम्झिन कठिन मान्ने प्रति मेरो भन्नु केही छैन ।


आशा नामकाे गित भाइबैनिको दुख पीडा समेटियको उक्त एल्बम पछि लगातार मैना चडि भेटन आउनु जितेगडा,राराताल घुम्न जाउ,जुम्ला बजार,म हुम्लाको हुम्लि,ताल्चा एयारपोट विमान आउने,स्याप्प काट्यो सालिम,खोलि गोगन लगायत गित गाएको छु ।


विगत दुई वर्ष यता राष्टगुरु योगि नरहरिनाथको जन्मोत्सवमा मेरो नाम बेचेर केही गायक कलाकार उपयोग गरेको प्रति मेरो गम्भिर आपत्ति छ । भनेको छु कुनैदिन कोही कला क्षेत्रको संरक्षणमा लागि पर्ने नेतृत्वले सम्झने छ ।त्यति खेर कुरा गरौंला ।

कालिकोट जिल्लामामा पहिलो पटक राष्टगुरुको जिवन संगको गित बनाई सबैको अगाडि म र मेरो परिवारले डकुमेन्ट्री बनायौ तर नरहरिनाथको जन्मउत्सवमा आफैलाई नबोलाएको गुनासो गरेको छु। केही छैन काम गरेर देखाउने हो ।
देउडा दिवस र कलाकार :
भर्खेरै कालीकोट जिल्लामा साउन १ र २ गते देउडा दिवस मनाइयो तर सम्झिएन । सो देउडा दिवसमा जिल्ला बाहिरका विभिन्न खालका नाम नचलेकाहरुको जमात थियो ।तर कालीकोटकै देउडा गाएक महेन्द्र शाही(रास्कोटी)को नाम भने कतै अटाएन ।

ठिक छ देउडा महोत्सव भयो हाम्रो गाउँ घरको परम्परा हो तर गायक पान्डब बिष्टको भिडियो समाचार सुन्दा सारै दुख लागेको छ । आयोजक को हो ? त्यो मलाई मतलब छैन जान्न आबश्यक छैन तर कुनै पनि मेला महोत्सवको नाममा अपचलन गरेर कलाकारलाई अपहेलना गर्ने अधिकार कसैलाई छैन पनि गर्नु हुन्न ?आफ्नै ठाउको मान्छे आफुभन्दा बरिष्ठ गायक बिष्टलाई सधै सम्मान छ ।


गाएक भैरहन रत्याडि गडाका भिटामा ट्यापरिकटर खिचेजस्तो हुदैन कलागला अनि क्षमता चाहिन्छ । सकिन्छ भने आफैले पान्डब बिष्टका जस्ता गित गाउन सके भैगो नि किन अपहेलना गर्नु ?


आयोजक सबै थोक हु भन्नेलाई कुनै दिन यहि पान्डब बिष्टको नामले कालिकोट चिनियको र पान्डब बिष्ट सङ्ग जोडियर खुबै गफ दियको दिन ताजै छन । गाएक भैरहन रत्याडि गडाका भिटामा ट्यापरिकटर खिचेजस्तो हुदैन कलागला अनि क्षमता चाहिन्छ । सकिन्छ भने आफैले पान्डब बिष्टका जस्ता गित गाउन सके भैगो नि किन अपहेलना गर्नु ?जमाना अनुसार दिन सबैको आउछ मरेर जाने हो कोही अजम्बरि हुदैन ।अहिले आफ्नै जिवन साथि डान्सर तथा कोरियोग्राफ आशा शाही भएकाले नाच्न पनि रुचि बढेको छ । विभिन्न सामाजिक संजाल तथा टिकटकमा यताकतै रमाइलो गरेको छु ।
कलाक्षेत्र अनि देउडा गाएक तथा रचनाकारको हैसिएतले म आफ्नो कलाक्षेत्रको माया ममतामा अघि बढ्ने छु । लोकतान्त्रिक गणतन्त्रमा नामका मात्र कलाकारहरु सोर्स फोर्सले अघि बढेका होलन तर कला क्षेत्रका हिसावले पछि परेको पाइन्छ । कला क्षेत्रको संरक्षण तथा सम्बद्धनका लागि सरोकारवालाले न्यायको आंखाले हेर्न जरुरी छ ।

जसले धेरै माया गरेको छ । उसैले सो क्षेत्रको संरक्षण गर्दछ । आउने दिनमा मेरो जिल्लाले पनि मलाई माया ममता दिने आशा गरेको छु । मलाई जिल्ला बाहिरको स्वागत तथा सम्मानले गर्वलाग्दछ । सबैलाई आफ्नो ठाउँले माया गरोस र आफ्नै ठाउँका लागि पनि मैले केही देन गरेको छ र गर्ने पनि छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित