वर्षमा एक वालि पाक्ने भारपाटा,किसानलाइ साउनमा गहुँ भित्र्याउन चटारो

7
SHARES
15
VIEWS

कालीकोट । झट्ट हेर्दा तपाइलाइ अचम्म लाग्न सक्छ ।तर वास्तविक हो ।कालीकोट जिल्लाको एक मात्र ठाउँ छ जहाँ वर्षमा एक मात्र बालि पाक्छ । असोजमा लगाएको गहुं तथा जौ बालि साउन तथा भाद्रमा मात्र पाक्ने गर्दछ । पचालझरना गाउँपालिकाको वडा न.३ खार्दुको लेकालि बस्ति भारपाटा ।

जहाँका समुदायले वर्ष वालिका रुपमा लगाएको गहुं तथा जौ र फापर एकै पटक साउन र भाद्र महिनामा पाक्ने गरेको छ । उक्त बालि लगाउने समयमा स्थानियले देवतालाई सोधनि गरेर मात्र जौ,गहु छर्ने गरेको स्थानिय सर्पे कठायतले बताए । वर्षायामको समयमा मात्र बस्ने गरेका सो क्षेत्रमा एक मात्र बालि पाक्ने गरेको बताइएको छ । स्थानिय प्रकाश कठायतले साउनमा कृषकहरुलाई भारपाटामा आलु,फापर,जौ,गहुं वालि भित्र्याउन चटारो परेको बताएका छन ।

एक वर्ष पछि पाकेको जौ तथा गहुँको उत्पादन व्यापक मात्रामा हुने र खांदा स्वादिष्ट पनि त्यतिकै हुने गरेको कठाएतका भनाई रहेको छ । नेपालको अग्लो पचालझरनाको काखमा रहेका भारपाटा,तारु,लामासिंग लगाएतका ठाउँमा लगाइने गरेको अन्नवालिलाई व्राण्डेड बनाउनु पर्ने आवाज समेत उठेको छ ।

पचालझरना गाउँ पालिकाको सबै भन्दा बढि अन्न उत्पादन हुने र स्थानिय बस्तु रसायनिक मल मुक्त क्षेत्रको उत्पादित बालिले स्वस्थ्यलाई समेत असर नर्पाने बताइएको छ । पचालझरना गाउँ पालिका वडा न.३का वडा अध्यक्ष कृपलाल कठायत(दिलिप)ले यहाँको उत्पादनलाई व्यवस्थित गर्न विभिन्न संघ संस्था र स्थानिय सरकार लागि परेको बताउदै संकलन तथा भण्डारणका लागि रस्टि स्टोरको व्यवस्थापन समेत गरिएको बताए । उनले भने वर्षमा एक मात्र बालि पाक्ने भारपाटामा अहिले किसानले खेति लगाउदै आएको र उक्त क्षेत्रमा पर्यटकिय मनोरमका लागि अघि बढाउन लागि पर्ने बताए ।

वडा अध्यक्ष कठायतले पहिले बाजेहरुले खार्दुको माथिल्लो क्षेत्रका तारु, लामासिंग लगातका ठाउँमा बालि लगाउने गरेको भएपनि अहिले सो क्षेत्रमा खालि रहेकाले कृषि उत्पादनमा अग्रसर गराउने गरी पालिका सरकार र प्रदेश सरकारले सोच्ने बेला आएको बताएका छन ।

अर्गानिक उत्पादनका हिसावले सबै भन्दा उपयुक्त खार्दु र सो क्षेत्रका लेकालि भेग रहेको कृषक बर्म ऐडीले बताए । सो क्षेत्रका लागि कर्नालि प्रदेश सरकार कृषि मन्त्रालयले विशेष ध्यान दिनु पर्नेमा वेवास्ता भएको उनको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित