कालीकोटको सरुवा रोग अस्पताल नसार्न मुख्य मन्त्रि शर्मा संग सांसद सहितको टोली द्वारा भेटघाट

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको एक मात्र सरुवा रोग अस्पताल अन्त सार्ने हल्ला चले संगै  राजनितिक दवाव वढ्न थालेको छ । आज कालीकोट का सांसद तथा स्थानीय जनप्रतिनीधी सहितका राजनैतिक दलका नेताहरुको टोलीले कर्नालीका मुख्यमन्त्री राज कुमार शर्मा संग छलफल गरेको छ ।

कालीकोट बाट प्रतिनिधित्व गर्ने सांसद दुर्ग बहादुर रावत, हिक्मत विष्ट, दक्षिणा शाही , सहितको टोली भेटघाट गरेको हो। भेटघाटमा सरुवा अस्पताललाई थप व्यावस्थापन गर्न अनुरोध गर्दै अन्त सार्ने नहुने बताएका छन ।

सरुवा रोग अस्पताल प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही को कार्यकालमा दुई वर्ष अघि स्थापना भएको थियो । उक्त अस्पताल ठाउँ सारी नगर्न खांडाचक्रका स्थानिय हिक्मत मल्लले उच्च अदालत जुम्लामा समेत रिट दायर गरेका छन ।

कर्नालीका मुख्य मन्त्रि राजकुमार शर्मा ,सामाजिक विकास मन्त्री , अस्पताल व्यावस्थापन समिति र सरुवा रोग अस्पताल प्रतिवादी रहने गरी रिट दायर गरिएको छ।

कालीकोट जिल्लालामा रहेको सरुवा रोग अस्पताल सुर्खेतको छिन्चुमा सार्ने कर्नाली प्रदेश सरकारको योजना रहेको बताइएको छ । उक्त अस्पताल पुरानै अस्पताल भएको स्थानमा रहने नेकपा माओवादी केन्द्र दिनेश  चहाराले वताए। यसका लागि कर्नाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा सकरात्मक रहेको  नेता चदाराले बताए ।

छलफलमा मुख्यमन्त्रि शर्माले सुरुवा रोग अस्पतालको लागि वजेट व्यावस्थापन नभएकोले वजेट व्यावस्थापन गरेर अस्पताल सुचारू गरिने आश्वासन दिएको कालीकोट जिल्ला समन्वय उपप्रमुख मिना रावत विकले वताइन ।

सो भेटघाट कार्यक्रममा कालिकोट अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोगन मल्लले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए। यस अघि सरुवा अस्पताल सुचारु गर्न जिल्ला स्थित सरोकारवालाले दवाव दिदै  आएका छन । जिल्ला प्रशासन कार्यालय कालीकोट को आयोजनामा राजनैतिक दलहरूले उचित व्यावस्थापन गर्न प्रदेश सरकारलाई आग्रह तथा ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित