झुटको खेति गर्न पाइदैन – वडा अध्यक्ष बम

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउ पालिका वडा नम्बर ७का अध्यक्ष कल बहादुर बमले वडा कार्यालय बन्द भएको प्रति आपत्ति जनाएका छन। उनले आफू जनताको काम कै लागि रहेको बताउदै अषाढको चटारो भए संगै अहिले पनि वडा कार्यालयले सेवा निरन्तरता दिएको दावि गर्दै पूरानो फोटो राखेको आरोप लगाएका छन। केही दिन अघि सामाजिक संजालमा पलाता  वडा नं. ७ को वडा कार्यालय बन्द रहेको भन्ने फोटा बाहिर आएको थियो।

वडा अध्यक्ष वमले लेखेका छन। 

आदाणिय पलाँता गाउँ पालिका वडा न ७ निवासी मेरा आमा बुवा दाजु भाइ दिदी बैनि संम्पुर्ण शुभचिन्तकहरुमा मेरो नमन ।

आज केही सामाजिक संन्जालकाे वाल बाट वडा न ७ काे वडा कार्यलय बाट प्रबाह हुने सेवा सुबिधाका बिषयमा केही राजनीतिक पुर्बाग्राहि राखि वडा कार्यलय बन्द गरेको पुरानो फाेटालाई लियर चर्चा परिचर्चा गर्ने केही बिकाश बिराेधि तत्वहरुकाे ब्यक्तिगत चरित्रले नागरिकलाई भ्रमित बनाई वडा न ७ काे सुशासन जवाफदेहिता माथि प्रश्न उठायर झुटकाे ब्यापार,लुटकाे खेति गर्नेहरुलाई धेरै धेरै धन्यवाद ।

यदि साच्चिकै वडा कार्यलय बन्द गरेर यस वडा कार्यलयबाट प्रदान गरिने सेवा सुबिधाहरु नियमित रुपले संञ्चालन नभयकै हुन भने सेवाबाट पिडित भएका नागरिक प्रर्ति मेरो संम्पुर्ण वडा कार्यलय परिवार माफि माग्न चाँहान्छ ।

तर पुरानो फाेटालाई लियर स्थानीय सरकारकाे एउटा अभिन्न अंग वडा कार्यलकाे बदनाम गरि जनतालाई भ्रममा पारेर आफू सुप्रिम हुन खाेज्ने माैसमिहरुलाई हिजाे पनि आज भाेलि सधैं का लागि ठेगान लगाउने तागतका बिषयमा वडा न ७ का आम जनता जानकार छन ।

ज्ञ्यान सीप र प्रबिधि काे बिकाश संगै वडा सरकारले आफ्नाे काम कर्तव्य मा अहिलेसम्म कुनै कसुर बाकि न राखेको पनि छैन भाेलि का दिन हरु मा राख्ने पनि छैन कुनै पनि सरकारि संस्था काे आफ्नै नियम कानुन हुन्छ हामी कानुनी राज्यका नागरिक हाै । अफिस खाेल्ने सिमा समय पनि हुन्छ तर भाैगाेलिक बिकट्ता का कारण हाम्रो वडा कार्यलय ले गर्ने कुनै पनि काम सिफारिस हरु बिहान ६: बजे देखि राति ९/१० बजे संम्म पनि काम गरेको त्याे सुभ समचार संन्देश कहिले पनि आयन गल्ति काे प्रखाईमा रहेका ती शुभचिन्तक हरु ले राम्रो काम देख्न सायद मन न परेकै हाेला । बर्षकाे १ पटक आफ्नाे गाउँ घर मा गयर झुट काे लाईसेन्स नबिकरण गर्ने बानि ले तपाईंको राजनीतिक यात्रा कति बिश्वासिलाे भर पर्दाे हुन्छ याे बिषयमा तपाईं आफै जानकार हुनुहुन्छ ।

करिब हाम्रो ५ बर्ष मा १८ सय २५ दिन भरि वडा अध्यक्षले वडा कार्यलयकाे चाँपि समातेर खालि जन्म दर्ता मृत्यु दर्ता बसाइँ सराई नागरिक्ताकाे सिफारिस यस्तै अन्य सिफारिसकाे किनारमा हस्ताक्षर गरेर दिन बिताउने हैन,जस्तो लाग्छ मलाई ।

जनताका आधार भुत समस्या सडक स्वास्थ्य शिक्षा खाने पानी , संञ्चार , बिधुत सिचाइ , यी बिषयलाई मैले प्रमुख सुचिमा राखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित