महासंघ सदस्यता सम्बन्धि संघ सगठनको प्रतिवद्धता

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता प्रदान गर्ने विषयमा विभिन्न संगठनका प्रदेश अध्यक्षहरुसंग छलफल गरेको छ । छलफलमा संगठनका नेताहरुले निम्नानुसारको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

१) पत्रकार महासंघको सदस्यता शुद्धिकरणलाई सबै संगठनहरुले प्रभावकारी ढंगले सहयोग गर्ने

२) विवाद भएको जिल्लाका सन्दर्भमा सम्बन्धित जिल्ला शाखामा अधिकतम सहमतीको प्रयास गर्ने,

३) सहमती हुन नसकेको खण्डमा महासंघको विधान, महासंघको सदस्यता शुद्धिकरण मापदण्ड–२०७९ बमोजिम प्रदेश समितिले गर्ने निर्णयलाई सबै संगठनका नेताहरुले पालना गर्ने,

४ँ) गैर पत्रकारलाई विदाई गरि पत्रकार महासंघलाई पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित गर्न सहयोग गर्ने ।

छलफलमा नेपाल प्रेस युनियनका कर्णाली प्रदेश अध्यक्ष नरेशसिंह थापा, प्रेस चौतारी नेपालका कर्णाली अध्यक्ष प्रकाश अधिकारी, प्रेस सेन्टर नेपालका महासचिव धर्मराज जिसी, समाजवादी प्रेस संगठनका अध्यक्ष यज्ञराज थापा, प्रगतिशिल पत्रकार संघ नेपालका अध्यक्ष जीवन शाही र नेपाल जनपत्रकार संगठनका जगदिशनाथ योगी उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित