कालीकोट । पचालझरना गाँउपालिकामा सुत्केरीको उद्दार गरिएको छ । पचालझरना वडा नं ३ निवासि चौपता ऐडीलाइ सुत्केरी व्यथा लागेपछि हेलीकप्टर व्यवस्थापन उद्दार गरी कर्नाली प्रदेश अस्पतालमा पुगाइएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाई तथा राष्ट्रपति महिला सशक्तिकरण परियाेजना अन्तरगत हेलिकप्टर मार्फत उद्धार गरिएकोमा सहयोग गर्ने निकायलाई पचालझरना गाउँ पालिकाले धन्यावाद दिएकाे छ ।
कर्नाली प्रदेश अस्पतालमा सल्यक्रिया गरेर चौपता ऐडीको छोरा जन्मिएको उनका श्रीमति नबिल कठायतले बताए ।
Discussion about this post