पचालझरनामा हेलिप्याड निर्माण,सेना द्वारा स्थानिय सरकारलाई हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको मयमा निर्माण भएको हेलिप्याड गाउँ पालिकालाइ हस्तान्तरण गरिएको छ। नेपाली सेनाको शमसेर गुल्मले निर्माण गरेको होलेप्याड स्थानिय सरकारलाइ हस्तान्तरण गरिएको छ। आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रममा नेपाली सेनाका उपसेनानी विदर विष्टले पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीलाई हस्तान्तरण गर्दै संरक्षण र प्रवद्धन गर्न अनुरोध गरेका छन। उक्त कार्यक्रममा वडा नम्बर ६का  अध्यक्ष प्रभुजन संज्याल, वडा नम्बर ८ का अध्यक्ष जैरामे टमटटा सहित को उपस्थितिमा हस्तान्तरण गरिएको पचालझरना गा.पा.प्रवक्ता प्रभुजन संज्यालले बताए । उनका अनुसार अब देखि पचालझरनामा आपतकालिन अवस्थामा हेलिकप्टर व्यावस्थापन गर्न सहज भएको बताए। उक्त हेलिप्याड निर्माणमा १० लाख लगानी भइ निर्माण भएको नेपाली सेनाले जनाएको छ ।

उक्त कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले नेपाली सेनाले गरेको हेलिप्याड निर्माण कार्यले पचालझरनाका लागि ठुलो सहयोग भएको बताउदै आगामी दिनमा थप सहयोगको आशा रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित