पलांतामा डोजरले कुलो भत्काइदिए पछि सडकमा धान रोपाई

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको पलांता गाउँ पालिकामा कृषकहरुले धान रोपाई गर्ने कुलो डोजरले भत्काइदिए पछि कृषकहरुले सडकमा धान रोपेका छन ।

गाउँ पालिकाले १२ लाखमा आरसिसि सहितको कुलो पहिले बनाईसकेको तर त्यही अहिले सो कुलो मर्मत गर्न ११लाख रकम छुट्याइएको तर काम नगरेको बताइएको छ । स्थानियहरुले गाउँ पालिकाले बजेट छुटयाउने कस्का लागि हो विकास निर्माणका लागि होकी विल मिलाएर आफै खाने हो ? कित कुलो बन्नु पर्ने हो होइन भने ११ लाख छुटयाएको रकमको हिसाव किताव दिन स्थानियहरुले माग गरेका छन ।

डोजर चलाएपछि भत्किएको कुलो बनाउने सहमति भएको महिनौ दिन वितेपछि केही पहल नहुंदा कृषकहरुले सडकमा जालि लगाएर बन्द गर्नुका साथै धान रोपेका छन ।

उक्त सडक बन्द गर्दै धान रोप्नेमा कृषकहरु नरेन्द्र बम र दुर्ग बमले आफुहरुले खेत रोपाई गर्न पाउनु पर्ने भन्दै यसो गरेको बताएका छन । उनिहरुले गाउँ पालिकामा पटक पटक निवेदन दिदा पनि वेवास्ता गरे पछि आन्दोलन गर्न बाध्य भएको बताएका छन । पानिको अभाव छ छिमेकीले सबै खेत रोपाई गरेको तर पानि नभएपछि धान रोप्नबाट आफुहरु बञ्चित भएको बताउदै कृषकहरुले समयमै धान रोप्न नपाउनु अगुवाहरुको कृषकहरु माथिको हमला भएको बताएका छन ।

स्थानिय मानसिहं बमका अनुसार आफुहरुका लागि कुलो बनाइदिनु पर्ने यदि नबनाएपछि आफुहरु थप आन्दोलन गर्न बाध्य हुने बताएका छन ।पुरै खेत अहिले सम्म रोप्न नपाएको भन्दै आफुहरु जस्ता सर्बसाधारणहरुको माग लागि सरकारले वेवास्ता गरेको उनिहरुको आरोप छ ।

यस सम्बन्धमा वडा न. ९का वडा अध्यक्ष टक्क बम संग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित