पार्टी भित्रका व्यक्तिवादी अराजक विरुद्ध मुल नेतृत्व निर्मम बन्नु पर्छ,माओवादी केन्द्रिय सदस्यको सुझाव

7
SHARES
15
VIEWS

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठकमा १८ जना केन्द्रिय सदस्यले बोले संगै पहिलो दिनको बैठक बसेर  भोलि सम्मका लागि स्थगित गरिएको छ । बैठकको पहिलो दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधनमाथि १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेर स्थगित गरिएको हो ।

पहिलो दिन ५६ जनाले नाम टिपाएकोमा   १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेक  प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन । सुझाव राख्ने केन्द्रिय सदस्यले  राजनीतिक प्रतिवेदन र विधान माथि धारणा राखेका थिए  ।

बैठकको पहिलो दिनमा धनजीत शाही,कृष्ण केसी, हिमाल शर्मा, हिमाल शर्मा, लक्ष्यराम आचार्य, लोकेन्द्र लम्साल, टिका बुढाथोकी, रामकुमारी चौधरी, राचिन रोका, विसेन्द्र च्याम्जुङ, पुष्पविक्रम मल्ल, सुरेन्द्र बस्नेत, कृष्णकुमार चौधरी, रविन्द्र श्रेष्ठ सहित १८ जनाले आफ्नो धारणा राखेका छन् ।

सुझाव राख्नेहरुले पार्टीलाई सुद्धिकरण अभियानमा लैजानु पर्ने, सरकारका गरेको राम्रा कामलाई जनतासमक्ष पुर्याउन नसकिएको, पार्टी भित्र मौलाइरहेको व्यक्तिवादी अराजकता विरुद्ध मुल नेतृत्व निर्मम हुनुपर्ने धारणा राखेका छन् ।

माओवादी केन्द्रिय समिति वैठकको प्रत्यक्ष प्रशारण गर्ने भने पनि स्थायी समिति बैठकले नगर्ने निर्णय गरेको थियो।

बैठक भोलि विहान ११ बजे बस्ने  बताइएको  छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित