पादमघाट बजारमा महिनामा २ पटक सरसफाइ गरिने

7
SHARES
15
VIEWS

कालीकोट । महावै गाउँपालिका केन्द्र पादमघाट बजारलाई स्वच्छ र राम्रो बजार बनाउन निरन्तर सरसफाइ  गरिने भएको छ । महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहको उपस्थितिमा भएको पादमघाट बजारमा भएको बैठकले महिनामा २ दिन अनिवार्य सरसफाई गरिने भएको छ ।

उक्त बैठकमा सहभागि व्यावसायी हरुलाई निर्देशन दिदै अध्यक्ष सिंहले बजार नजिक पाद्‌मखोला रहेको र बजार आसपासमा व्यापक फोहोर भए संगै सरसफाईलाई जोड दिनु पर्नमा जोड दिएका हुन । अब पाद्मघाट बजारमा प्रत्येक महिनाको १ गते र १५ गते अनिवार्य सरसफाई गरिने भएको व्यावसायिले बताए ।

उक्त निर्णय सँगै  पादमघाट बजार व्यावस्थापन समिति पनि पुन गठन गरिएको छ। खडक शाहीको नेतृत्वमा ९ सदस्य बजार व्यावस्थापन समिति गठन भए संगै व्यवस्थित हुने आशा जगाएको स्थानिय व्यवसायी तथा बजार व्यावस्थापन समिति अध्यक्ष खडक शाहीले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित