Skip

News Portal

  • भारतको गौरीकुण्डमा सयौं नेपालिको मृत्यु,कालीकोटबाट मृत्यु हुनेको संख्या बढ्दै

    रुपेन्द्र ऐडी२१ साउन
    २७४० पटक
    २१ साउन

    कालीकोट । भारतको गौरकण्डमा काममको सिलसिलामा गएका नेपालिको पहिरोमा परी मृत्यु भएको छ ।राति सुति रहेको अवस्थामा साउन १८ आएको पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।

    सामाजिक संजालमा भारतको उत्तराखण्ड प्रदेशमा केदारनाथको फेदमा रहेको गौरीकुण्डमा ज्याला मजदुरी गर्न गएका जुम्ला र कालीकोटका गरी ३०जना भन्दा बढि वेपत्ता रहेको बताइएको छ । जुम्लाका १० जना , हुम्लाको ३ सहित भारतको ६ जना गरी १८ जना वेपत्ता रहेको बताइएको छ। कालीकोट जिल्ला खाडाचक्र नगर पालिका वडा न २ निवासी देबि बि क,टेक बि.क.र खांडाचक्र न.पा वडा न १ कोइरालगाउँका प्रकाश टमट्टा मृत्यु भएको सरोज बोगटीले बताएका छन। उनले भारतमा काम गर्न गएका सो वडाका आफन्तले दिएको जानकारी अनुसार ३जनाको मृत्यु भएको र अन्य वेपता हुनेको संख्या बढेको  छ ।

    अन्यको भने सनाखत नभएको साथमा रहेका आफन्तले बताएका छन । वर्षेनि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा लगातारको वर्षाले समस्या हुने गरेको बताइएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कालीकोटमा कुनै पनि जानकारी नआएको जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवकता एवंम प्रहरी निरिक्षक सुबराज बमले प्रहरी संचारमा कुन ठाउँमा कति जनाको मृत्यु भयो भन्ने बारेमा जानकारी नआएको बताए ।

    भारतको गौरीकुण्डको पहिरोका बारेमा नेपाल सरकारले खोजि कार्यका लागि पहल गर्नु पर्ने जिल्ला बासिको भनाई रहेको छ । कालीकोट जिल्लाबाट अधिकांस नागरिकहरु कामको खोजिमा केदारनाथ गएकाले प्रशासनिक निकायबाट पहल हुनु पर्नेमा जोड दिइएको छ ।

    प्रतिकृया दिनुहोस्