कालीकोटको पचालझरना बाहेक कसैले बुझाएनन तलवि प्रतिवेदन,अब के हुन्छ ?

7
SHARES
15
VIEWS

कालीकोट। स्थायी शिक्षकलाई तलबी प्रतिवेदन पास गरी तलब खुवाउने पालिका मध्ये पचालझरना  गाउँ पालिका परेको छ । पछिल्लो समय राष्ट्रिय किताबखाना काठमाडौले जारी गरेको विवरणमा कालीकोट जिल्लाका ३ नगर पालिका र ६ गाउँ पालिका मध्ये पचालझरना गाउँ पालिकाले मात्र प्रतिवेदन पास गरेर तलवि प्रतिवेदन पारित गरेको हो।

पचालझरना गाउँ पालिका शिक्षा शाखा प्रमुख नमराज शाहीले विगत देखि प्रक्रिया अनुसार प्रतिवेदन पेश गरिएको बताएका छन।

पछिल्लो समय पचालझरना गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर विकले निति विधि र आवश्याक मापदण्ड पूरा गरी काम कार्वाही अघि बढाउदै आएको गाउँ पालिकाले जनाएको छ ।

कितावखानाले कालीकोटका ८ सहित १ सय ६९ स्थानिय तहलाई तलबी प्रतिवेदन पास नगरी तलब खुवाएको भन्दै कारबाही गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।

शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १ सय २६ को उपनियम २ अनुसार  किताबखानाको काम कर्तव्य र अधिकार अर्न्तगत शिक्षकहरुको वार्षिक तलवी विवरण पारित गराइ मात्र खर्च उठाउने उल्लेख गरिएको भएपनि स्थानिय तहमा त्यसको व्यावस्थापन नगरेर तलव खर्च भुक्तानि गर्ने गरेको पाइएको हो ।

देशभरका स्थानियतहहरुले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक)बाट पारित गराइ तलव भत्ता खर्च भुक्तानी गर्नुपर्ने जनाइएको छ ।

शैक्षिक सत्र २०७९ मा तलवी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी भएको भन्दै मन्त्रालयलाई आवश्यक प्रक्रियाका लागि अधि बढ्न किताव खानाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित