कालीकोट । बावुराम भटराइ नेतृत्वको नेपाल समाजवादी पार्टीको कर्नाली प्रदेश अध्यक्षमा लक्ष्मी प्रसाद भटराइ (सगरमाथा) सर्वसम्मत भएका छन।
प्रदेश स्तरीय भेलाले भटराइलाई अध्यक्षमा चयन गरेको हो। सो भेलामा केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भटराईको उपस्थितिमा भेला तथा प्रशिक्षण भएको बताइएको छ । उक्त भेलाले उपाध्यक्षमा धन बहादर भण्डारी सहित छ जना , मुख्य सचिवमा भीम बहादुर बोहोरा ,सचिव कल्पना श्रेष्ठ सहित ३जना र कोषाध्यक्षमा धनराज वलि सहित १ सय ५१ सदस्य प्रदेश समिति गठन भएको छ ।
कार्यक्रमका पूर्व प्रधानमन्त्री भटराईले नयाँ नेतृत्वलाई बधाइ दिदै समाजवादी अवधारणा र आफूहरूले न्याएको निति मै देशका मुख्य पार्टीहरु आउने बताउदै ललिता निवास लगाएत घटनाका बारेमा उचित छानविन गर्नुपर्ने बताएका छन ।
Discussion about this post