Skip

News Portal

  • सुन काण्डः भारत चिन कारोवार नेपालिलाइ दुःख

    भरत बम २९ साउन
    २६२ पटक
    २९ साउन

    पछिल्लो समय सुन काण्ड ले नेपाली बजार पाएको छ । तिज नजिकिदै गर्दा होस या अघि पछि पटक पटक सुनको चोरी व्यापार चलेकै छ । नेपालको बाटो भएर चिन हुदै भारतमा व्यापार हुने सुनले नेपालीलाई दुःख दिने गरेको बारे नेकपा का स्थायि समिति सदस्य एवंम लेखक भरत बम (रणविर) लेख्छन ! भारतलाई सुन चाहिने नेपालीलाई दुःख पाउने गरेका छन।
    १) सुन चीनले पठाउछ- भारतले किन्छ नेपाललाई दुख किन ?
    किनभने,
    यहाँ राज्यको उपस्थिति छैन र दलालहरु हावी छन । सामान्यतया क्यून्टलका क्यून्टल सुन नेपालीको हुदैन, नेपालीको भूमिका प्रायः कमिसनको लागि सहजीकरण गर्ने दलालको हुन्छ र त्यस्ता दलालहरुले प्रायः सबै संसदीय पार्टीका सबै नेताहरु ( जो सरकारमा जाने संभावना हुन्छ ) लाई भागशान्ती लगाएकै हुन्छन ।
    त्यसैले,
    सबै दलालहरुले लिने कमिसनको केवल ७५% मात्रै कर राज्यले लिएर सुनको ब्यापारमा हस्तक्षेप वा सहजीकरण गर्दा राज्यलाई नै फाइदा हुन्थ्यो, साथै देशले धनी राष्ट्र र ब्यक्तिबाट माग्ने ॠण तथा भिखमा कमि हुन्थ्यो तर विश्व बैंक र ब्यापार संगठनले यसो गर्न दिदैनन ।
    २) पटकपटक महरालाई आक्रमण किन हुन्छ ? जबकि नव- धनाढ्य माओवादी ( अन्य कम्युनिस्ट ) कसैको पनि स्वभाविक र बैधानिक स्रोत होइन/ छैन ।
    किनभने,
    महरा अर्थ-क्षेत्र छोडेर राजनीतिमा अरु जस्तै दलाल बन्न इन्कार गरिरहेका छन र सापेक्षिक रूपमा देश र जनताको पक्षमा उभिन कोशिश गर्दैछन।
    जस्तो कि,
    एमसिसी सदनमा पेस नगरेपछी `रोसनी काण्ड´ मा जेल हालियो । पछिल्लो `समाजवादी मोर्चा´ निर्माणमा सकारात्मक भूमिका खेलेपछी `सुन काण्ड´ मा फेरि जेल हाल्ने तयारी चल्दैछ । यो उनको दलाल अर्थतन्त्र र स्वाधीन राजनीति बीचको अन्तरबिरोधको स्वभाविक परिणाम हो । साथै यो प्रायः सबै संसदीय नेताको नियति हो/ हुनेछ । ` यह सब बक्त बक्तका बात है । ´
    ३) राज्यले आत्मनिर्भरता र समृद्धिको बाटो लिने हो भने सुन र गाजाको बैधानिक ब्यापार गर्नुपर्छ । यसरी मात्रै पटकपटक आईरहने `सुन काण्ड´ का समस्याको स्थायी समाधान दिन सकिन्छ र दिनुपर्छ । सुन काण्डमा मालिक बच्ने र भरिया वा सहायक मान्छे दण्डित हुने समस्याको पनि समाधान हुनेछ ।
    तर,
    राज्यले यसो गर्दैन ।
    किनभने,
    राज्य आफै दलाल हो/ छ ।
    त्यसैले,
    आफ्नो दलाल चरीत्र र सार लुकाउन र जनतालाई भ्रम दिन कहिलेकाही मन नपरेका वा आफ्ना बिरोधि दलाललाई कारवाही को नाटक जो हुन्छ/ गर्नुपर्छ ।
    अन्तिममा महरालाई सुझाव
    जेलमा जानू भन्दा पटकपटक दुख दिने दलालतन्त्रको अन्त्य गर्न फेरि रोल्पा जाउ । जेलको बन्दी भएर मर्नु भन्दा जनताको पाहुना भएर जनताको लागि केही गरेर बस ।

    प्रतिकृया दिनुहोस्