खाँडाचक्र नगर सभाका निर्णय कार्यन्वयन नगर्न उच्च अदालत जुम्लाको आदेश

7
SHARES
15
VIEWS

कालीकोट । खाँडाचक्र नगरपालीकालाइ ११ औ नगर सभाले गरेका निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत ,जुम्ला इजलासले परमादेश जारी गरेको छ ।

खाँडाचक्र नगर पालिका वडा नम्बर ११ का अध्यक्ष देवराज भारती लगाएतका वडा अध्यक्षहरु ले दायर रिट माथि बरिष्ठ अधिवक्ता देवेन्द्रराज शर्माको एकल वहसले परमादेश जारी गर्दै पक्ष र विपक्षलाई छलफलका लागि  भाद्र ३ गते सक्कल कागजात सहित उपस्थिति हुने भनिएको छ ।

गएको अषाढ १० गते सम्पन्न ११ नगर सभाले गरेको निर्णय विपरीत नगर प्रमुख कमल बहादुर शाही, उपप्रमुख गणेश बहादुर शाही र प्रमुख प्रशासकिय अधिकृत जसि प्रसाद पाण्डे विरुद्ध मुद्दा दायर गरिएको थियो ।

सोमबार जुम्ला पुगेका वडा अध्यक्षहरुले न्यायलयले जनताको पक्षमा उचित न्याय दिएको बताउदै अन्तिमपटक पन जनताको पक्षमा अघि बढ्ने बताउदै वडा नम्बर ७ का अध्यक्ष विपराज कार्कीले परमादेशको स्वागत गरेका छन।

खाँडाचक्र नगर पालिका विथितिको चाँङ लागेको र त्यसलाई सहि ठाउँम ल्याउन वडा अध्यक्षहरले उचित कदम चालेको बताउदै वडा नम्बर ४ का अध्यक्ष प्रवानन्द आचार्यले आफूहरु को पटक पटक को प्रयास असफल भएपछि मात्र न्यायलय धाउनु परेको र प्रदेश सरकारलाई समेत समस्याको जानकारी गराएको बताए।

न्यायलय ले गरेको निर्णयका बारेमा खाँडाचक्र नगर उपप्रमुख गणेश बहादुर शाहीको भनाइ यस्तो भने आफूहरुले विधि संगत काम गरेर अघि बढेको र तर वडा अध्यक्षहरु ले दामासाहीले २२ करोड रकम वितरण गर्न दबाव दिएकाले समस्या आएको बताए ।उनले अगाडी  भने स प्रमाण लिएर अदालतमा पुग्ने र आफूहरुले गरेको निर्णय अदालतले सदर गर्ने दावि गरे । जे हुन्छ उच्च अदालत जुम्लामा हुने जिकिर गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित