Skip

News Portal

  • आफु अशक्त भएपनि जनताका काममा सक्रिय कृपलाल

    २७ लाख खर्चेर उपचारमा निको नभएका पूर्व जनसेना दिलिपको जिवन कथा

    रुपेन्द्र ऐडी३१ साउन
    ३३५ पटक
    ३१ साउन

    कालीकोट । जनयुद्ध कालमा दोहोर भिडन्तमा तत्कालिन नेपालि सेनाको गोलि लागेर घाईते भएका खार्दुका कृपलाल कठायत (दिलिप) सोझ, इमान्दार कम्युनिष्ट कार्यक्रता भित्र पर्दछन ।जनयुद्ध कालमा घरको पहिलो सन्तानका रुपमा जन्मिएका कठायत २०५७ साल अषाढ ५ गते पूणकालिन भएर होमिएका थिए । जनताका नजरमा कुनै पनि काम नराम्रो गर्न नचाहने भित्रका जनप्रिय नेताका रुपमा स्थापित व्यक्ति हुन । दयालु मनका धनि कठायतलाई सबैले इमान्दार नेताका रुपमा बुझ्दै आएका छन।

    उनि स्थानिय स्तरमा जनसत्ता र पार्टी संगठनमा विभिन्न जिम्मेवारी लिएर काम गर्दै जाने क्रममा २०५९ साल जेठ २ गते जनमुक्ति सेनामा सहभागि भई कैलालीको पण्डौन, धनगडी,पाल्पा,बुटवल,पिलि लगाएतका मोर्चामा सहभागि हुंदै २०६२ साल चैत्र २५ गतेको कपिलवस्तु जिल्लाको तौलिहवामा लडाईका क्रममा गोलि लागेर पेट र ढाड ठाउमा गोली लागेर लामो समय सम्म केही असर नभएपनि गएको दुई वर्ष देखि नसामा असर परेर लामो समय उपचार पश्चात अहिले सामान्य अवस्थामा सुधार भएको छ । अहिले दुवै खुट्टाले काम गर्न छोडेको छ ।

    लगातारको उपचार भारतको लखनउ हुंदै नेपालगञ्ज हुँदै विभिन्न ठाउँमा उपचार गर्दा २७ लाख खर्चेर जिवन सहज चलाउन कठिन भएको कठायतले बताए। अहिले सम्म पचालझरना गाउँ पालिका बाट एक लाख मात्र सहयोग पाएको बताउने वडा अध्यक्ष कठायतले घर खेत जग्गा जमिने विक्री गरेर उपचार गरेको बताए ।

    जिवनमा जनताको सामु नमुना काम गरुला भन्ने सोचाइ राखेर गएको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष जिते पछि लामो समय उपचारमा रहदा जनताका समस्या समाधानका लागि अहिले लागि परेका छन।  त्यहि विचमा समुदायको साहार(बैशागि)को भरमा वडा कार्यालयमा जनताका समस्यालाई हल गर्न घरमा बस्न उनको मनले मान्दैन।

    अहिले वडा कार्यालयमा समुदायको साहारा लिएर आउने र घर फर्किने गरेका छन । जनतामा पारदर्शिताका लागि निरन्तर रुपमा लागि पर्न सक्षम रहेका वडा अध्यक्ष कठायतले गएको स्थानिय तहको निर्वाचनमा ३ सय ३६ मत ल्याई नेकपा माओवादी केन्द्र बाट पचालझरना गाउँ पालिका वडा नम्बर ३ को वडा अध्यक्षमा  निर्वाचित भएका थिए ।

    आफुले जनताको पक्षमा राम्रो काम गर्नका लागि पचालझरना गाउँ पालिका,कर्नालि प्रदेश र संघिय सरकारले ध्यान पुगेकै कारण वडा कार्यालय खार्दु गाउँमा सडकको पहुंच पुग्नु,पचालझरनाको मुहान रहेको स्थानमा सहजताका लागि वजेट आउनु र समुदायको जनजिवनमा प्रभाव पार्ने खानेपानि,सडक र शिक्षा क्षेत्रलाई प्राथमिकता राखेर काम हुनु सकरात्मक पक्ष रहेको वडा अध्यक्ष कठायतले बताए ।

    उनले वडामा भष्टाचार मुक्त बनाई पारदर्शि रुपमा हरेक कामको उचित मुल्याँकन मार्फन जनता सन्तुष्ट हुनु नै आफुले लिएको जिम्मेवारी पुरा गरेको जस्तो हुने बताए ।

    नेपालको सबै भन्दा अग्लो ३८१ मिटर उचाइमा रहेको पचालझरना समेत यस वडामा भएकाले त्यसको संरक्षण प्रवद्धन र विकासका लागि आफू लागि पर्ने अध्यक्ष कठायतले बताए ।

    त्यसका साथै स्थानिय कृषि वस्तु जो अर्गानिक वस्तुको उत्पादन र वजारिकरण आफ्नो कार्यकालका लागि मुल एजेण्डा रहेको बताउदै यसका लागि सबै निकायको सहयोग हुनेमा आफू विश्वस्त रहेको वडा अध्यक्ष कूपलाल कठायत (दिलिप) को भनाइ रहेको छ । खार्दुको भारपाटाम वर्षको एक बाली पाक्ने गरेको छ ।

    दिलिप जस्ता जनयुद्धका कयौ युवाहरु जिवन चलाउन कठिन मोडमा छन। जनयुद्धका क्रममा ज्यान आहुती दिने शहिद र घाइते प्रति माओवादी नेतृत्वले उचित ध्यान दिनु पर्छ की ?

    प्रतिकृया दिनुहोस्