रास्कोट नगर अस्पतालको वास्तविक्ता : हिजो र आज- न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट अस्पतालको बारेमा सामाजिक संजालमा बहस भयको देख्दा खुसी पनि लाग्यो दुख पनि लाग्यो ? खुशी यो मानेमा लाग्यो कि रास्कोटमा यतिका साथीहरुको चिन्ता जन्ताको स्वास्थ प्रति चिन्ता पसेको रैछ रास्कोटमा बन्दै गरेको ,सिलान्यस गरेको र बनेको हस्पिटल गरि तीन वटा हस्पिटल छन ।जो जति संरचना बनेपनी रास्कोटकै सम्पती हो जो जहाँ राम्रो उपचार होला तेतै जन्ता उपचार गर्न जालान जन्ताको अघिकार हो । रह्यो यस्को ब्याबस्थापन को कुरा प्रदेश हस्पिटल प्रदेशले जिम्मा लगिहाल्छ, नगर पालिका दुइभुगोलमा रहेका अस्पताल यिनको ब्याबस्थापन नगरसरकारले कुसल्ता पुर्बक गर्छ ।जन्ताले यतिका हस्पिटल बाट सेवा सुबिधा दिने भयको मा खुशी छु ।

अर्को दुखको कुरा यो हस्पिटल स्थापना गर्नामा कस्को कति योग्दान थियो यस्को चर्चा नभै हल्ला हल्लाको बहस गर्दा दुख लाग्यो ।सिपखानामा टेलिमेडिसिन सेवा २०६८साल बाट सन्चालनमा ल्याउदा रास्कोटमा बिरामिका समस्यालाई बुझी यस्लाइ बिस्तार गर्नुपर्छ भन्ने सोच पलायको हो ।त्यो योजनाको पहल कर्ता तुलाराज सिम्खाडा थिए भने स्वास्थ्यकर्मी म नै थिए ।यो सेवा २०७६ साल सम्म सन्चालन रहयो २०७४ सालमा आस्क फाउडेसले काठमाडौमा डा. सहितको ब्याबस्थापन गरेको थियो ।तर आस्क फाउडेसनका डा मुकुल ढकाल मेडिकल डाइरेक्टर थिए ।

कालिकोटमा कसरी सन्चालन गरेका छन भनी डा मुकुल ढकाल रास्कोट आउनुभयो यतिखेर सम्म जनप्रतिनिधि निर्बाचित भैसकेका थिय ।मैले डा मुकुल ढकाल र जननिर्बाचित मेयर काशिचन्द बराल उपमेयर मिम्सरा (बम)शाही स्वस्थ्य शाखा प्रमुख हंस बराल, म र सबै उपलब्ध वडा अध्यक्ष संग छलफल गर्दा हस्पिटल नै बनायर जन्ताको सेवा दिने छलफल भयो ।यता तुलाराज सिम्खाडाको नेतृत्वमा म कोषाअध्यक्ष रन्जिता बिस्ट बोगटी सचिब कौसल न्यौपाने सदस्य प्रकाश न्यौपाने ,दयाराम सिम्खाडा,हंस राज न्यौपाने,काली ब शाही,मन तिरुवा,बिरेन्द फर्साल,बिजकन्या बराल,कोपिला सज्याल डा मुकुल ढकाल र कपिल मलेखुको टिम मिलि रास्कोट कम्युनिटि हस्पिटल मुनाफा बितरण नगर्ने कम्पनी दर्ता प्रक्रिया सम्पन भयो ।

हस्पिट्ल बनाउने योजना मात्र भयर भएन यस्को लागि संचालन गर्नु र संरचना बनाउन त पैसाकै समस्या हो ।यो समस्या समधान गर्न सबै सबै तिर लाग्यौ लाग्दै जादा पत्रकार रबि लामिछाने संग पुगियो र वहाँले म सहयोग गर्छु भन्ने वचन दिनुभयो २०७६साल बैशाख १५ गते बाट रास्कोट नगरपालिकाले लिजमा रानागाउमा आयुर्बेदी भवनबाट एक्सरे,ल्याप,इसिजी,भिडियो एक्सरे,दैनिक ओ पि डि सेवा सुरु गरियो त्यो भवन को मर्मत सम्भारको लागि नगर सरकार बाट ३० लाखले भवनमा खानेपानी बिजुली,भान्सा ,सौचालय निर्माण गरियो हस्पिटल नयाँ भवन कता लगाउने भन्ने बिसयमा छलफल हुँदा नगर हस्पिटल हुने ठाउको छनोट गर्ने भन्ने भयो नगर पालिका भरी ठाउँ गौतु, पोखरी ,मोट्टेपहडा,उपर्कोट र मादुमारे भन्ने ठाउँको नाम आयो सबैको राय र बिज्ञ टोलिको सुझाब अनुसार गौतुलाइ छनोट गरियो ।

उता सो समय सम्म रास्कोट सामुदायिक अस्पतालको नाममा आर्थिक सहयोग हुदै थियो।त्यो आर्थिक एकद्वार बाट गर्ने सल्लाह अनुसार रबि फाउडेसनमा ७५लाख जत्ती हस्पिटलको खाता बाट फाउन्डेसनको खातामा जम्मा गरियो । त्यो फाउन्डेसनले कर्मचारी  को तलब सहित खर्च बेहोर्ने देश बिदेशबाट संकलन गरेर भवन निर्माण गर्ने सल्लाह भयो । प्रदेश सरकारले  दिएको २७ लाख रानागाउ मै खर्च भयो र नगर पालिकाको डोजरले पिढिकोट देखि गौतु कोट सम्मको रोड र फिल्ड काट्दा ३३दिन सम्म काम गर्यो त्यतिखेर तेल फाउन्डेसनको डोजर नगरपालिकाको थियो।

त्यसरी फाउडेसनले भवन निर्माणको लागि मात्र लगभग ७ करोडमा सम्झौता भयको थियो खाने पानी,बिजुली ,घेरबार,मन्दिर,पछि थप गर्दा कोरनाको कारणले काम लम्बिदा ११ करोड . . . सम्म पुग्यो ।यो सबै ठेक्कादरले भुक्तानी पाएको छ ।

यसमा अस्पतालको लागि प्रदेश सरकारबाट ४० लाख आएकोमा विशेषज्ञ सेवाको लागि इकुमेट खरिद गरेर सुरक्षित छ ।पछिल्लो मेहर साबको पालामा रबि फाउन्डेसनको नाममा आयको ४ करोड ९५ लाख भुक्तानी फाउन्डेसनले लियको छ । २०७७साल चैत ३१ गरे बैसाख जेठ र असारको तलब सहतको खर्च फाउन्डेसनले खुवाउने गरि हस्पिटल नगर पालिका लाई हस्तान्तरण भयो।

हस्पिटल बनाउनु मा सबैको उत्तिकै उस्तै भुमिका छ केही कसै प्रति संका छ भने कानुको बाटो रोजौ सामाजिक संजाल मा दोहोरी राम्रो पर्दैन यता त काम गर्ने सुरुवात गर्ने ओझेलमा राखेर गाली र ताली अरुलाइ गरेको देख्ता चित्त दुखेको हो ।

यो रास्कोट हस्पिटल यहाँ सम्म पुर्याउनुमा नगर सरकार ,प्रदेश सरकार हुदै संघीय  सरकार का साथै तत्कालिन रबि फाउडेसन संचालक समिती र स्थानिय राजनैतिक दल,स्थानिय समुदाय र देश बिदेश मा मनकारी चन्दा दाता कर्णाली बिज्ञान पर्तिस्ठान जुम्ला को ठूलो भुमिका छ सबैलाइ हिर्दय देखि धन्यबाद ।अबको चुन्नौती भनेको यो हस्पिटल लाई विशेषज्ञ सेवा कसरी दिने ?सबैको सोच पलावस आहिले सम्म संचालनमा कमि हुन नदियर सेवा सुचारु गरिरहने नगर सरकारलाई धन्यबाद । जय रास्कोट ।जय हस्पिटल ॥

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित