Skip

News Portal

  • पूर्व प्रधानपंच वमको निधन

    रुपेन्द्र ऐडी३२ साउन
    २९६ पटक
    ३२ साउन

    कालीकोट । रास्कोट क्षेत्रको मुख्य केन्द्र विन्दु रहेको स्युनाका प्रधान पंच एवम समाजसेवि पदम बहादर वमको निधन भएको छ। ९२ वर्षको उमेरमा पूर्व प्रधान बनको आफ्नै निवास राना गाउँ स्यूनामा विहबार निधन भएको परिवारजनले बताएका छन्।

    २०३४ सालमा स्यूना गाउँ पञ्चायतका   प्रधानपंचमा निर्वाचित भएका बम समाजसेवि रहेका थिए। आफूले न्याय दिने ठाउँम  उचो निच भेदभाव नगरी अघि बढ्दै आएका पूर्व प्रधान पंच बम निष्पक्ष स्वभावका मनकारी धनि  व्यक्ति भएको स्थानियले बताएका छन । उनले आफ्नो कार्यकालमा विवाद आउने कुनै पनि काम नगरेको स्थानिय धन बहादुर बमले बताए।

    बमको अनुसार पक्ष विपक्ष नभनि काम गरेको र पछिल्ला दिनमा पनि सान्निघाटमा  अधिकांस समय विताएका प्रधान बमले निकै समाजसेवि भएर काम गरेका थिए। मृतक बमको भाद्र १ गते अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

    स्वर्गीय वम  राजनितिक क्षेत्रबाहेक कृषि उद्यमी का रुपमा स्थापित व्यक्ती रहेको र समाजका लागि महत्वपूूर्ण देन दिएर गएको स्थानिय रत्न  कार्कीले सामाजिक संजालमा  लेेेख्दै दुःख व्यक्त गरेका छन।

    उनि संगै कयौंले जिवन व्यवहारमा काम लाग्ने सन्देश छोडेर गएका  वम को आत्माले शान्ति पाओस भन्ने कामना गरेका छन ।

    प्रतिकृया दिनुहोस्