कालीकोट । गएको आर्थिक वर्ष २०७९/२०८० मा स्वास्थ्य सम्वन्धि काम कार्वाहीको समिक्षा सम्पन्न भएको छ।
स्वास्थ्य शाखा पचालझरनाको आयोजनामा दुइ दिन सम्म चलेको पालिका स्तरको समिक्षामा स्वास्थ्य चौकी इन्चार्ज तथा स्वास्थ्य इकाइ प्रमुखहरुले आ.व.२०७९ / २०८० मा गरेका कामको प्रगती प्रस्तुत गरेको र पूर्ण हुन नसकेका कामलाई पूरा गर्न प्रतिवद्धता सहित समिक्षा सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले बताए ।
उक्त वार्षिक समिक्षामा वडा अध्यक्ष तथा प्रवक्ता प्रभुजन संज्याल, करविर लुवार लगाएतका जनप्रतिनिधिको उपस्थिति रहेको बताइएको छ।
Discussion about this post