पलाताको पुलाहमा पठनपाठनमा लापरवाही भएकै छैन-शिक्षा शाखा प्रमुख भण्डारी

7
SHARES
15
VIEWS

कालीकोट । पलाताको कालीका माविको कक्षा कोठामा पानि संगै वालवालिका पठन पाठन भन्ने फोटा केवल विपक्षिले अनावश्यक भ्रमित गर्न प्रयोग गरिएको बताइएको छ ।

पलाता शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीले जनज्योती आधारभुत विद्यालय र कालिका मा.वि.एकिकृत गर्ने २०७४ सालको निणर्य अनुसार विद्यालयको पक्कि भवन हुंदा हुंदै पूरानो भवनमा पढाइ संचालन गरेर फोटो भाइरल बनाइएको बताए। उनका अनुसार भौतिक संरचना देखि जनशक्ती व्यावस्थापन गरिएको बताए ।

पलाता वडा नं. १ को चिउडेगडामा नव निर्मित भवन सम्पन्न भएको र सोही भवनबाट कक्षा ६ देखि १० सम्म पठन पाठन भएको र पुरानो भवनमा वाल शिक्षा संचालन गरिने भएको बताइएको छ ।

नवनिर्मित उक्त भवन बाट पठन पाठन गर्ने भने पनि केही व्यक्तिले आनाकानि गरेर शिक्षा क्षेत्रलाई बदनाम गराउन खोजिएको वडा अध्यक्ष मनरुप न्योपानेले बताए। उनले भने जिर्ण भवनमा पानी जानु स्वभाविक भएको तर नयाँ भवनका बारेमा कसैले देखेकी देखेनन भन्ने प्रश्न गर्दै विद्यालय गाभ्ने विषय अन्तिम चरणमा पुगेको बताए ।

पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले टोल टोलमा विद्यालय संचालन गर्न नसकिने बरु व्यावस्थापन गरिने बताउदै पुलाहको विद्यालयको १० कोठे भवन रहेको बताउदै सो भवन संचालनमा ल्याउन अनुरोध गरेका छन।

सामाजिक संजालमा रमाउनेले नव  निर्मित भवनको अवस्थाका बारेमा पनी बुझ्न आग्रह गर्दै स्थानीयले सामाजिक संजालमा आए जस्तो नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित