रास्कोटमा शिक्षक नियुक्ती गरेकै छैन -नगर प्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर प्रमुख धर्मराज शाहीले शिक्षक नियुक्ती नगरेको बरु काज सरुवा गरेको बताएका छन। शिक्षक नियुक्तिको विषयमा विवाद आएको भएको अहिलेको नगर सरकारले शिक्षामा सुधार ल्याउन लामो समय एउटै विद्यालयमा बसेर शिक्षण पेशा गरेका शिक्षकलाइ काज सरुवा गरेको तर नयाँ शिक्षक नियुक्तिको भ्रममा नपर्न आग्रह गरेका छन। कर्नाली संचार संग कुरा गर्दै नगर प्रमुख शाहीले नगर सरकारल गरेका राम्रा काम तर्फ पनि नजर जानु पर्ने बताए।

उनले अगाडी भने मैले कुनै पनि शिक्षक आफन्त नियुक्ती पनि नगरेको स्पष्ट पार्दै २०७२ साल देखि वाल शिक्षामा कार्यरत चर्चना शाही कालासिल्ला मा वि गोर्खाली गाउंमा कार्यरत रहेको बताए । स्थानिय शिक्षा ऐन अनुसार शिक्षा क्षेत्र अघि बढेको बताउदै नगर सरकार शिक्षामा राम्रो चाहने भएकै कारण सबैको सल्लाह सुझाव मार्फत अघि बढेको बताएका छन।

शिक्षक अध्यायन अनुमतिका बारेमा यस अघि भएको व्यावस्था अनुसार अघ बढेको र आवश्याक परे शंसोधन प्रक्रियामा गएर पूर्णता दिने नगर शिक्षा शाखाले स्पष्ट पारेको छ ।

बाहिर आए जस्तो शिक्षा क्षेत्र नभएको हिजोको भन्दा थप व्यवस्थित भएको दावि गर्दै नगर शिक्षा शाखाले सबैको रचनात्मक सहयोगको अपेक्षा गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित