Skip

News Portal

  • सुनथरालि विमानस्थल बाट नियमित उडान हुने,प्रधानमन्त्रि दाहालले उद्घाटन गर्दै

    कालीकोट बासिको जहाज चढ्ने चाहाना पुरा हुने

    रुपेन्द्र ऐडी११ भाद्र
    २६७ पटक
    ११ भाद्र

    कालीकोट । लामो समय देखि प्रतिक्षामा रहेको कालीकोटको सुनथरालि विमान स्थल औपचारिक रुपमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन । भाद्र १३ गते नरहरिनाथ गाउँ पालिकाको सुनथरालि विमान स्थलमा हवाइ जहाज अवतरण सहित प्रधानमन्त्रि प्रचण्डले उद्घाटन अन्तिम चरणमा पुगेको बताइएको छ । उक्त उद्घाटन कार्यक्रममा पर्यटन मन्त्रि सुदन किराति लगाएतका नेताहरु उपस्थिति हुने बताइएको छ ।

    राजनैतिक खिचातानिका कारण ३५ वर्ष लामो अवधिमा निर्माण सम्पन्न भएको उक्त सुनथरालि विमानस्थलको काम सम्पन्न भए संगै औपचारिक रुपमा उडान नियमितका लागि नेपाल पत्रकार महासंघ कर्नालि प्रदेशको वार्षिक साधारण सभा सोही ठाउँमा गएको वर्ष भएको थियो । विमान स्थल नियमितका लागि महासंघले दबाबका लागि सो ठाउँमा साधारण सभा गरेको थियो । अब कालीकोट बासिको नियमित उडान सुचारु हुने आशा लिएका छन । नरहरिनाथ गाउँ पालिकाका स्थानिय गणेश विष्टले सबैको योगदानका कारण विमानस्थल सुचारुका लागि पहल भएको र आउने दिनमा नियमित उडा हुनेमा आफुहरु ढुक्क भएको बताएका छन ।

    उक्त सुनथरालि विमानस्थलको उद्घाटन कार्यक्रमका लागि जिल्ला स्थित सुरक्षाकर्मि लगाएतका सरोकारवाला विमानस्थलमा उपस्थित हुने क्रम जारी भएको बताइएको छ । अहिले सडक सुचारु मर्मत देखि अन्य तयारीमा जुटेको नरहरिनाथ गाउँ पालिकाले जनाएको छ । उक्त स्थानमा जिल्ला सदरमुकाम बाट आवतजावतका लागि केबुलकार जडानका लागि प्रक्रिया शुरु भएको प्रदेश सांसद दुर्ग बहादुर रावतले बताएका छन ।यस अघि तत्कालिन पर्यटन तथा नागरिकउड्यन मन्त्रि जिवन बहादुर शाहीले २०७३ साल माघ २९ गते परिक्षण उडान गरेपनि कार्य सम्पन्न नहुंदा ढिलाई भएको थियो ।

    सुनथरालि विमान स्थल शुभारम्भका लागि तत्कालिन जिल्ला सभापति दिप बहादुर शाही,तत्कालिन माननिय धर्मदत्त न्यौपाने,तत्कालिन पर्यटन मन्त्रि खडग बहादुर विश्वकर्मा,पूर्व सांसद तिलक प्रसाद न्यौपाने,यज्ञराज न्यौपाने लगाएतका नेताहरुले पहल गरेको भएपनि काम सम्पन्न हुन तिन दशक बढि समय लागेको हो ।

    उक्त स्थानमा शसस्त्र जनयुद्ध कालमा २८ जना कामदारले समेत ज्यान गुमाएका थिए । उनिहरुलाई तत्कालिन शाही सेनाले गोलि हानेर मारेका थिए ।

    उक्त विमानस्थलबाट नियमित उडानमा कुनै कन्जुस्याई र बहानामा बन्द हुनु पर्ने अवस्था नआउन दिन सबै सरोकारवाला निकायकाको ध्यान जान जरुरी रहेको भन्दै नेपालि कांग्रेस कर्नालि प्रदेशका सदस्य दमन शाहीले कालीकोट बासिको जहाज चढ्ने चाहाना पुरा हुने विश्वास आफुले लिएको बताए ।

    प्रतिकृया दिनुहोस्