सुनथरालीमा एकमहिना पछि . . . . ..

7
SHARES
15
VIEWS

कालीकोट । परिक्षण उडानको अन्तिम चरणमा आएर स्थगित भएको छ । कालीकोट जिल्लाको २०४८ सालमा कामको थालनि भएको एक मात्र सुन थराली विमानस्थलको परिक्षण उडान भाद्र १३ गते निश्चित भएपनि निर्धारित कार्यक्रम स्थगित भएको छ। पर्यटन तथा नागरिक उड्ययन मन्त्रि सुदन किराँतिको पारिवारिक समस्या र अन्य विविध कारण परिक्षण उडान कार्य स्थगित भएको जनाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनि विविध कारण जनाउदै स्थगित भएको प्रति जनता देखि नेता सम्म चासोको विषयमा हेरिएको छ। कालीकोटे जनताले चाहेको जस्तो नभइ नेताहरुले आफ्नो पाएक पर्ने गरी योजना बनाएर साउन १३ देखि भाद्र १३ त्यहि पनि नभएर असोज १३ गतेका लागि सारिएको छ।सो दिन पनि के हुने हो त्यो भने आशंकाको विषय बनेको छ ।

कालीकोट जिल्ला बाट प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले असन्तुष्टि जाहेर गर्दै कर्नाली र कालीकोटे जनता समक्ष गरेका बाचाहरु क्रमश पूरा गर्ने तर्फ निरन्तर लागि परेको बताउदै निर्धारित कारण दर्साउदै तोकिएको मितिमा परिक्षण उडान नभएकोमा माफी मागेका छन।

कालीकोटको सुनथराली विमानस्थल कालीकोट जिल्ला बाट तत्कालिन पर्यटन मन्त्रि खडग बहादुर विक (प्रकाण्ड) देखि कयौं नेताहरुले पहल चाले पनि काम भने २०८० सालमा आएर सम्पन्न भए संगै विभिन्न निकाय बाट दबाब प्रश्चात नियमित परिक्षण उडान हुने भएको हो। केही समय पहिले नेपाल पत्रकार महासंघ कर्नाली प्रदेशको वार्षिक साधारणसभा सुनथरालीमा भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित